हात्तिसार क्याम्पसमा छात्रवास र घण्टाघर एक साथ उद्घाटन

  • चैत १५, २०७९
  • ५,४८१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१५ चैत ः केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानले स्वर्ण महोत्सवका अवसरमा छात्रवासको उद्घाटन गरेको छ ।

स्वर्ण महोत्सवका अवसर पारेर क्याम्पसले छात्रहरूका लागि नयाँ छात्रवास भवनको उद्घाटन गरेको हो ।

भवनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दालहालले एक कार्यक्रमका वीच उद्घाटन गरेका थिए ।

६५ जना विद्यार्थीहरु वस्न मिल्ने सो छात्रवासको लागत ३ करोड १७ लाख रुपैयाको लागतमा निर्माण भएको क्याम्पसकी सहायक क्याम्पस प्रमुख बविता अधिकारीले जानकारी दिएकीछिन् ।

क्याम्पसमा यसअघि छात्राहरुका लागि मात्र छात्रावास थियो । क्याम्पसमा हाल विद्यार्थी भने करिब १ हजारको सङ्ख्यामा छन् ।

स्वर्ण जयन्तीकै अवसरमा क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बुले परिवारको लगानीमा निर्मित घण्टाघरको पनि उद्घाटन गरीएको थियो । ३२ लाख रुपैयाको लागतमा निर्माण गरिएको ‘हिम(टिका क्लक टावर’ क्याम्पस प्रमुख लिम्बुको परिवारले माता, पिताको स्मृतिमा निर्माण गरिएको हो ।

सोही अवसरमा क्याम्पसलाई जग्गादान गर्ने जग्गादाता लगायत विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान गरीएको थियो ।

केन्द्रीय प्रविधि क्याम्पस खाद्य प्रविधिमा पिएचडीसम्मको अध्ययन अध्यापन हुने नेपालको पहिलो क्याम्पस हो । क्याम्पस स्थापनाको ५० औँ वर्ष पुरा भएको अवसरमा बुधवार स्वर्ण जयन्ती समारोह आयोजना गरिएको थियो ।
क्याम्पस स्थापना २०३० सालमा भएको थियो ।

सोही अवसरमा स्वर्ण महोत्सव स्मारीका समेत विमोचन गरीएको थियो ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic