६८ औं स्थापना दिवसका अवसरमा सुनसरीमा प्रभातफेरी

  • चैत १६, २०७९
  • ३,८३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ चैतः नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका अवसरमा सुनसरीमा एकसाथ दुइ स्थानमा प्रभातफेरी गरी मनाइएको छ ।

संघलाई महासंघ वनाउने संस्थापक जिल्लाको रुपमा रहेको सुनसरीमा धरान र इटहरीमा प्रभातफेरीको आयोजना गरी स्थापना दिवस मनाईएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा दुइस्थानमा कार्यक्रमको आयोजना गरीएको थियो ।

प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायिक पत्रकार भन्ने नाराका साथ पत्रकारहरूले प्रभातफेरी गर्दै मनाएका छन् ।

धरान उपमहानगरपालिका अगाडिबाट शुरु भएको प्रभातफेरी छाताचोक हुँदै भानुचोकमा पुगेर समापन गरीएको थियो ।

कोणसभालाई वरिष्ठ पत्रकार हर्ष सुब्बा र भीम ज्वाला राईले सम्बोधन गरेका थिए ।

cover

समापन कार्यक्रममा वोल्दै वरिष्ठ पत्रकार पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष हर्ष सुब्बाले पत्रकार पहिले भौतिक आक्रमणको विरुद्ध आन्दोलित हुनुपर्थ्यो, अहिले बौद्धिक आक्रमणविरुद्ध एकजुट हुनुपर्ने अवस्था रहेको धारणा राखेका थिए ।

पत्रकार भीमज्वाला राईले न्यु मिडियालाई पत्रकारहरुले चुनौतीका रुपमा नभएर उर्जाका रुपमा लिनुपर्ने विचार राखे ।कार्यक्रमको संचालन नेपाल पत्रकार महाङ्घ सुनसरीका सहसचिव भोला श्रेष्ठेले गरेका थिए ।

पत्रकारहरु महेश श्रेष्ठ, भीम ज्वाला राई, लक्ष्मण थापा, सागर सिन्जाली, मनिता चाम्लिङ, गोविन्द बस्नेत,भरतराज शर्मा ९गोपाल० स्नेहा श्रेष्ठ, निशा राई, वसन्त बान्तवा, केदार बस्नेत नवराज विष्ट, दिपेश राई, सन्जीव राईलगायतको उपस्थिति थियो ।

bhim rai final phoito

प्रभातफेरीमा जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका नेतृत्वले ऐक्यबद्धता जनाएका थिए । प्रभातफेरीमा धरान१३ का वडाध्यक्ष नेत्र काफ्ले, धरान१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई, कार्यपालिका सदस्य अनुप देवान, नेपाली काङ्ग्रेसका नेता श्याम पोखरेल, एमाले नेता नारायण सुवेदी, जसपाका नेता ताजुब लिम्बू , एमाले नेता नारायण सुवेदीलगायतको उपस्थिति थियो ।

त्यसैगरी इटहरीमा भएको प्रभातफेरी इटहरी नगरपालिकाबाट शुरु भई मुख्य वजार परिक्रमा गरी पुर्न नगरपालिकामा आएर समापन गरीएको थियो ।
उक्त कार्यक्रममा पूर्व अध्यक्ष कृष्ण विनोद लम्माल, प्रेस चौतारी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेल, प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव राजन केडी लगायतले सम्वोधन गरेका थिए ।

इटहरीको कार्यक्रमको अगुवाई महासंघका उपाध्यक्ष गणेश निरौलाले गरेका थिए ।

dal itahari

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic