हामी विद्यार्थीलाई सजाय विना शिक्षा दिन्छौं– प्रिन्सिपल

  • चैत २५, २०७९
  • १३,९७७ पटक पढिएको
  • छाल खबर
alt

विगत दुइ दशक लामो समयदेखि शिक्षा क्षेत्रमा समय खर्चिरहनु भएका व्यक्तित्वको नाम हो तेजमान लिम्वु । अध्यय्नसंगसंगै अध्ययन अध्यापनमा  लाग्नु भएका लिम्वुले २०६३ सालदेखि अध्यापनमा  क्षेत्रमा लाग्नु भएको हो ।२०६३ साल देखि २०७७ सालसम्म धरान–११ स्थित लिवर्टी रेसिडेन्सियल वोडिङ स्कुलको संस्थापक प्रिन्सिपल एवम् हाल संस्थापक डाइरेन्टर तथा धरान १६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलको प्रिन्सिपल हुनुहुन्छ । उहाँसंग नया शैक्षिक सत्रका लागि स्कुलका नया योजना लगायतका विविध विषयमा छाल खवरका लागि गरीएको प्रस्तुत छ विशेष कुराकानी ः
प्रश्न धरान लिगामेन्ट स्कुललाई कसरी परिचय गराउनु हुन्छ ?

हाम्रो स्कुलले नारा मुस्कानको साथ पठन पाठन मनोरन्जनको साथ सिकाई भन्ने लिएको स्कुल हो । TEACH WITH SMILE AND LEARN WITH FuN) शान्त वातावरणमा भएको मुल्य र संस्कारमा आधारीत पढन पाठन गराउने स्कुलको रुपमा हाम्रो स्कुललाई परिचय गराउन चाहान्छु ।

अन्य स्कुल र तपाईको स्कुलमा फरक के छ ?

सवै विद्यालयले पढाउने पाठ्यक्रम एउटै हो । फरक यति हो पढाउने तरीका मात्र फरक हो । कसैले त्यही कुरालाई सजिलै पढाउन र वुझाउन सक्छन र वुझ्छन भने कसैले वुझाउन सक्दैन र विद्यार्थीले पनि वुझ्न गार्हो हुन्छ । हाम्रो विद्यालयमा सवै विद्यार्थीले वुझ्ने गरी पढाउने दक्ष अनुभवि शिक्षक शिक्षिका हुनुहुन्छ । विद्यार्थीहरुले सजिलै वुझ्ने गरी पढाउनु हुन्छ । शिक्षक र विद्यार्थीैहरुवीच पारीवारिक वातारण छ । विद्यार्थीहरुले सजिलै शिक्षक शिक्षिकासंग धक फुकाएर कुरा राख्न सक्छन् । पारीवारीक वातावरण छ । विद्यार्थीले शिक्षकले संकोच नमानि पारीवारीक वातावरणका साथ घुलमिल हुने विद्यालयको वातावरण भएकोले यो हाम्रो स्कुलको फरकपन हो ।

स्कुलको विशेषता के के रहेकाछन् ?

सर्वसुलभ शुल्कमा पढाइने धराना विद्यालयले दिन सक्ने सेवा सुविधा पाउनको निमित्त विद्यार्थीहरुको सामाजिक पारीवारीक व्यवहारीक अनुभवको वोध गर्न र गराउने प्रविधि मैत्री वातावरण, अभिभावक र शिक्षकहरुवीच पारीवारीक वातावरण मुख्य विशेषता हो भने अर्कोतर्फ कमजोर विद्यार्थीहरुका लागि विशेष ध्यान पु¥याउने र सवैमा समान शिक्षा दिने स्कुलको विशेषता हो ।

tej sir final

यो शैक्षिक शत्रमा के के नयाँ कार्यक्रमहरु अघि सार्नुभएको छ ?

हामीले संगीत कक्षा अन्र्तगत गितार कक्षा, ड्रमसेटको कक्षा डिजिटल लाइव्रेरी पावर पोइन्ट प्रजेन्टेशन लगायतका थप नया कार्यक्रमहरु रहेकाछन् । सकिने मात्र कार्यक्रमहरु गर्ने सस्तो लोकप्रियताका लागि वोल्नु हुदैन भन्ने मेरो विचार हो ।

अन्य विद्यालयको तुलनामा तपाईको स्कुलमा शुल्क कस्तो छ ?

मलाई लाग्छ धरानका अन्य विद्यालयको तुलनामा हाम्रो स्कुलको शुल्क कम नै छ जस्तो लाग्छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई हाम्रो विद्यालयमा विशेष छुट छ । अर्को प्रमुख पक्ष भनेको एकल महिला र अपाङ्ग अभिभावकका छोरा छोरीलाई ५० प्रतिशत छुटको व्यवस्था छ भने दुर्गम क्षेत्रबाट आउने विद्यार्थीहरुलाई २० प्रतिशत छुटको व्यवस्था रहेको छ । यो सुविधा संभवत हाम्रो मात्रै हो ।

तपाईका स्कुलका शिक्षक शिक्षिकाहरुका वारेमा के भन्नुहून्छ ?

हाम्रो स्कुलमा अध्यापनरत शिक्षक शिक्षिकाहरु शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) भएकाहरु हुनुहुन्छ । कितावी ज्ञान र व्यवहारीक ज्ञान दिनसक्ने योग्य दक्ष र अनुभवी शिक्षक शिक्षिकाहरु हुनुहुन्छ ।

वोडिङ स्कुलले विद्यार्थीहरुलाई भौतिक सजाय दिन्छन भन्ने जहिलै गुनासो आउने गरेको छ नी ?

हाम्रो स्कुलको वुझाई भनेको विद्यार्थीहरुलाई सजाय दिएर र घोकन्ते शैलीमा पढाएर विद्यार्थीहरुको सिकाई र वुझाईको स्तर माथि उस्कदैन भन्ने हो । हामी भौतिक सजाय रहित कक्षा संचालन गर्ने अभियानमा छौं । त्रासले मात्र विद्यार्थीले सिक्न सक्दैन सिकेपनि त्यो क्षणिक हुन्छ जीवनपयोगी हुदैन भन्ने हाम्रो सोच हो । वुझेर सिकेको सीप र शिक्षा मात्र दिर्घकालिन हुन्छ । यौग्य र दक्ष शिक्षक शिक्षिका नभएको अवस्थामा उत्पादीत विद्यार्थी पनि योग्य हुन सक्दैन । प्रभावकारी सिकाई र वुझाई नै हाम्रो स्कुलको प्रमुख लक्ष्य र उदेश्य हो ।

भर्नाको समयमा विभिन्न किसिमका विज्ञापन गर्ने गरीएको छ तपाईहरुको स्कुलले के गदैछ ?

विज्ञापन आवस्यक कुरा हो । तर सस्तो लोकप्रियताको लागि विज्ञापन गर्नु हुदैन । विज्ञापनलाई सुचनाको रुपमा लिनुपर्दछ । अभिभावकले पाउने वास्तविक सुचनालाई मात्र विज्ञापनको रुपमा गर्नुपर्दछ । अभिभावकलाई लोभ्याउनको लागि र झुक््काउनको लागि मात्र विज्ञापन गर्नु हुदैन । त्यसो गर्नु भनेको अभिभावकलाई केही समयका लागि भ्रममा पार्नु हो भ्रम वास्तविकतामा परिणत भएपछि अभिभावकको नजरमा तल परिन्छ । त्यसैले अभिभावकलाई भ्रम पार्ने विज्ञापन भन्दा भरपर्दाे सुचनाको रुपमा विज्ञापन गरौ भन्ने मेरो सवैलाई सुझाव हो ।

 भर्नाको विषयमा के भन्नु हुन्छ ?

यस बिद्यालयमा नया शैक्षिक शत्र २०८० का लागि प्ले ग्रुपदेखी कक्षा(९ सम्म भर्ना खुली सकेको छ।कक्षा(८ र १० बाहेक अन्य कक्षाहरुको बार्षिक परीक्षाको परीक्षाफल यहि चैत्र २६ गते प्रकासन हुदैछ। पहिलो शिफ्टको प्रबेस परीक्षा चैत्र २२ गते, दोश्रो शिफ्टको चैत्र २७ गते, तेश्रो शिफ्टको चैत्र ३० गते र अन्तिम शिफ्टको २०८० साल बैशाख ४ गते प्रबेस परीक्षा रहेको छ। नया शैक्षिक शत्रको कक्षा सन्चालन भने बैशाख (७ गतेबाट सुरु हुनेछ। र अर्को कुरा हामि बिद्यार्थीहरुलाई दुई किसिमको छात्रबृत्ती प्रदान गर्दछौ। पहिलो त सामाजिक छात्रबृत्ती अन्तर्गत एकल महिला तथा अपाङ्गता भएका अभिभावकका छोराछोरीलाई सम्पुर्ण शुल्कमा ५० प्रतिशत छुटको सुबिधा दिएका छौ।त्यसैगरी मेधाबि छात्रबृत्ती अन्तर्गत ग्रेड ए र ए प्लस प्राप्त गरेका नया बिद्यार्थीलाई भर्ना र बार्षिक शुल्क फ्री(निःशुल्क? गरेका छौ।

स्कुलको छोटो भिडियो पनि हेर्न नछुटाउनु होला

अभिभावकलाई के भन्न चाहानुहुन्छ ?

खुल्ला तथा भयरहित वातावरणमा पठन पाठन र भविष्यमा समस्या परिआउदा धैर्यतापूर्वक समाधान खोज्न सक्ने संस्कार र अनुशासन र क्षमताको विकास गर्न र योग्य पारीवारीक सदस्य निर्माण गर्न अभिभावकहरुलाई धरान लिगामेन्ट स्कुलमा आफ्ना छोरा छोरी भर्ना गरेर सेवा गर्ने अवसर दिन र हाम्रो सेवाको अनुभव गर्न समेत अनुरोध गर्दछु । साथै नया वर्षको अवसरमा शिक्षक, विद्यार्थी, अभिभावक लगायत सवैमा नया वर्ष २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

 

 

 

 

 

 

 

 

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

क्यानाडामा साकेला सिली

छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाह ...

धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित न

छाल खवर धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic