सुनाखरी रातो विजयी

  • मंसिर १४, २०८२
  • २७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको खेलमा आयोजक सुनाखरी रातो विजयी वनेको छ ।

सनाखरी रातोले सैनिक आवासीय मा.वि.लाई पराजित गर्दै विजयी वनेको हो ।

सुनाखरी एकेडेमी, धरान–१२ द्वारा आयोजित पहिलो संस्करण ‘सुनाखरी एकेडेमी कप–२०८२’ अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनाखरी रेड ले सैनिक आवासीय स्कुल लाई शानदार जित दर्ता गर्दै फाइनल यात्रा सुनिश्चित गरेको छ। खेल एन्फा एकेडेमीको खेल मैदान, धरान–१७ मा भएको थियो।

खेलको पहिलो हाफको २४औँ मिनेटमा सुनाखरी रेडका जर्सी नम्बर ९ आदेश पोद्दारले १ गोल गर्दै टिमलाई अग्रता दिलाए। सैनिक आवासीय स्कुलले बलियो प्रतिरोध र निरन्तर प्रयास गरे पनि पहिलो हाफमा बराबरी गोल फर्काउन सकेन।

दोस्रो हाफमा सुनाखरी रेड अझ आक्रामक बनेर उत्रियो। हाफको सुरुवाती ५ मिनेटमै जर्सी नम्बर १० श्रीहाङ लिम्बुले गोल गर्दै अग्रता २–० मा पुर्‍याए। त्यसपछि १९औँ मिनेटमा जर्सी नम्बर २६ प्रज्वल तामाङले अर्को १ गोल थपेपछि सुनाखरी रेड ३–० ले मजबुत स्थितिमा पुग्यो। खेलको अन्तिमसम्म सैनिक आवासीय स्कुलले उत्कृष्ट खेल प्रदर्शन गरे पनि गोल गर्न असफल रह्यो।

सुनाखरी रेडका आदेश पोद्दार ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई स्कुलका संस्थापक किशोर सुब्बा ले नगद रु। १ हजार सहित ट्रफी प्रदान गरे।

प्रतियोगिताअन्तर्गत सोमबार हुने अर्को सेमिफाइनल खेल नेपाल पुलिस स्कुल र ज्वालामुखी माध्यमिक विद्यालय बीच हुने आयोजकले जनाएको छ। आइतबारको बिजेता सुनाखरी रेड र सोमबारका विजेताबीच बुधबार फाइनलमा रोमाञ्चक भिडन्त हुनेछ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic