सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

  • मंसिर १७, २०८२
  • १,१८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधि आयोजक सुनाखरी एकेडेमीको सुनाखरी रातोले हात पारेको छ ।

एन्फा टेक्निकल सेन्टरमा बुधबार भएको फाइनल खेलमा नेपाल पुलिस स्कुललाई ट्राईबेकरका आधारमा ३–२ ले पराजित गर्दै सुनाखरी रेडले पहिलो संस्करणको उपाधि हात पारेको हो ।

SUNAKHARI NEWS PHOTO = 2 ट्राईबेकरमा सुनाखरी रातोका एलिन थापा मगर, श्रीहाङ राई, प्रनिस राईले गोल गरेका थिए । अनिस गुप्ता र राजेश ओझाको प्रहार आउट भएको थियो ।

उपाधिसँगै सुनाखरी रेडले नगद ५० हजार ट्रफि,मेडल र पुरस्कार प्राप्त गरेको छ । उपविजेता नेपाल पुलिस स्कुलले नगद २५ हजार हात पारेको छ ।

प्रतिस्पर्धात्मक खेल दुवै तर्फबाट गोल बराबरी भएपछि खेल ट्राईबेकरमा पुगेको थियो । पुलिस स्कुलका अनुराग राई र समिर राईले गोल गरेपनि जोनिस राई, उज्जवल थापा र कृष्ण राईको प्रहार विफल हुँदा पुलिस उपविजेतामा चित्त वुझाउनु परेको थियो ।
फाइनलको म्यान अफ द म्याच पुलिस स्कुलका कृष्ण राई घोषित भए । उनले नगद १ हजार प्राप्त गरे ।

व्यक्तिगत विधाको पुरस्कारमा पनि सुनाखरी रातोले वर्चस्व कायम ग¥यो । बेष्ट गोलकिपर सुनाखरी रेडका रोजेश ओझा, वेष्ट डिफेन्डर सुनाखरी रेडका करण थापा, बेष्ठ कोच सुनाखरी रेडका ईन्दु रसाईली, हाईस्कोरर सुनाखरी रेडका श्रीहाङ राई घोषित भए । उनीहरुले जनही नगद २५ सय सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

बेष्ट फरवार्ड पुलिस स्कुलका समिर राई घोषित भए । उनले नगद २५ सय नगद सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरे । फेयर प्ले टिम प्रभात ईङलिस बोडिङ स्कुल धरान १२ भए । प्रभातले नगद ५ हजार प्राप्त गरे ।

बेष्ट प्लेयर सुनाखरी रेडका एलिन थापा मगर घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी र प्रमाण–पत्र हात पारे ।

प्रतियोगिताको पहिलो सेमिफाईनको पुरस्कार सैनिक आवसिय स्कुल र दोस्रो सेमिफाईनल खेल विजेता ज्वालामुखी माविले नगद ५÷५ हजार सहित प्रमाण–पत्र र ट्रफी प्राप्त गरे विजेता स्कुललाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा)का मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष किशोर राई,फुटबल संघ सुनसरीका अध्यक्ष नबिन राई, धरान ११का वडाध्यक्ष लोकेन्द्र फागो, सुनाखरीका प्रिन्सिपल मिलन राई, प्लस टु संयोजक तप कुमार राई लगायतले नगद पुरस्कार,ट्रफि मेडल प्रदान गरेका थिए ।

पत्रकार सम्मानित

सुनाखरी कपको फाइनलमा पत्रकारीता क्षेत्रबाट योगदान गरेको भन्दै संचारकर्मी तिर्थ कार्कीलाई पुरस्कृत गरीएको थियो ।

दन्तकाली एफएमका सम्पादक तथा समाचार वाचक रहेका कार्की हाल रेडीकल खवरका सम्पादक हुन ।

पत्रकारीतामा सकृय पत्रकारका रुपमा परिचित कार्कीलाई प्रतियोगिता अवधिभर उत्कृष्ट समाचार लेखे बापत पत्रकार काकीलाई नगद १० हजार रुपैयाँ र सम्मान–पत्रले सम्मान गरिएको थियो ।

सम्मानले पत्रकारीता क्षेत्रमा लाग्ने थप उर्जा मिलेको कार्कीले प्रतिक्रिया दिएकाछन् ।

 

 

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic