हुक्का चोङवाङको तेस्रो राष्ट्रिय अधिवेशन धरानमा

  • चैत २५, २०७९
  • १,५२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ चैत ः हुक्पा चोङबाङ कल्याण संघको तेस्रो राष्ट्रिय अधिवेशन धरानमा सम्पन्न भएको छ ।

धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा शनिबार धरान १४ स्थित हुक्पा चोङवाङ पार्कमा अधिवेशनमा सम्पन्न भएको हो ।

उपप्रमुख बेघाले च्याब्रुङ बजाएर कार्यक्रमको समुदघाटन गर्दै चोङवाङ प्रतिभा र सृजनाका फुलहरु पुस्तक बिमोचन समेत गरेका थिए ।

चोङवाङ समाजले बंशज उत्थानको कार्य गर्दे कठिन परिस्थीतिमा पनि सामाजिक कार्यमा योगदान गरेको भन्दै अझै निरन्तरताको कामना गरेका थिए ।

कल्याण संघले फेदाङ गाउपालिकामा ८ आना जग्गा प्रदान गर्ने जग्गादाता मान बहादुर रेग्मीलाई लगायत धरान १४ बिजयपुरमा जग्गा खरिद गरि संस्थालाई हस्तारण गर्ने मोहन कुमार हुक्पा चोङवाङ,शेर बहादुर हुक्पा चोङवाङ, मोहन सिह हुक्पा चोङवाङ,तालमान हुक्पा चोङवाङ,पञ्च बहादुर हुक्पा चोङवाङ, मचिन्द्र हुक्पा चोङवाङलाई सम्मान गरीएको थियो ।

साथै अधिवेशनले परिवारबाट निर्वाचित जनप्रतिनिधिहरु फेदाङ गाउपालिका हरिप्रसाद चोङवाङ,आठराई गा.पा. वडाअध्यक्ष भीम बहादुर हुक्पा चोङवाङ,फेदाङ गापा भेषराज हुक्पा चोङवाङ,मेन्छ्यायेम गापा अध्यक्ष विनय हुक्पा चोङवाङ लगायत जनप्रतिनिधिलाई सम्मान गर्नुको साथै राष्ट्रिय निबन्ध प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने मनिता हुक्पा चोङवाङ सम्मान गरेको छ ।

अधिवेशन संघका अध्यक्ष शेर बहादुर हुक्पाचोङवाङको अध्यक्षतामा भएको थियो ।कार्यक्रमलाई स्वागत मदन हुक्पाचोङवाङले गरेका थिए भने कार्यक्रममा शुभकामना नर बहादुर लुङफुवा लिम्वु लगायतले शुभकामना दिएका थिए ।

हुक्पा चोङवाङ कल्याण संघको बन्दशत्र जारी रहेको छ । संघले अधिवेशनबाट नया कार्यसमिती छनौट गर्ने संघका अध्यक्ष चोङबाङले बताए ।
कायक्रमको संचालन महासचिव भगत हुक्पा चोङवाङले गरेका थिए ।

340191167_1634588783661455_3807586365517439060_n 340195500_188695870156526_1211564648572048128_n 340230205_5801422383299371_7133784513735277919_n 340331349_168836582743724_758799731176758673_n 340292649_550753347199235_2576538554227190706_n 340455275_3099783756992707_3799854098246116456_n 340230205_5801422383299371_7133784513735277919_n (1) 340237321_2483096625161601_7124267836245639741_n 340242564_940732870285892_6467140325722110027_n 340549677_717268373529734_7967993246681662905_n 340339449_772642990819284_2842423532513266932_n

बिजनेस एक्स्पो नाफामा

छाल खवर धरान,२८चैत ः नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान उपमहानगर समितिल ...

शिक्षक महासंघले बाताका लागि नानुमाया पराजुलीको ने

छाल खवर धरान २७ चैतः विभिन्न माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकार ...

हिबिस्कस इङ्लिस बोर्डिङ स्कूल गुणस्तरीय र व्यवहार

चिनारी ः २०६३ सालमा स्थापना भएको हिबिस्कस इङ्लिस बोर्डिङ स्कूलले विद्यार्थी ...

तलुवामा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न

छाल खवर धरान,२६चैतः ओखलढुङगाको सिद्धिचरण नगरपालिका १ तलुवामा वित्तिय साक्षर ...

सुनसरी थोक तथा डिलर व्यवसायि संघको अध्यक्षमा पवन

छाल खवर धरान,२५ चैतः सुनसरी डिलर तथा थोक व्यवसायी संघ, धरानको चौंथो साधारण ...

होली गार्डेन स्कुलले उपत्यका वाहिर पहिलो पटक नयाँ

छाल खवर धरान,२४ चैत ः होली गार्डेन एकेडेमी धरानले उपत्यका वाहिर पहिलो पटक न ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic