नेशनल एकेडेमीको वार्षिक समारोह सम्पन्न

  • चैत २७, २०७९
  • २,८८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, २७ चैत्रः नेशनल एकेडेमी धरान–२ ले आइतबार आफ्नो वार्षिक समारोह सम्पन्न गरेको छ ।

विद्यालयमा आयोजित समारोहमा विद्यार्थीहरुका विभिन्न प्रस्तुतिसँगै पुरस्कार वितरण गरिएको थियो । शैक्षिक वर्ष ०७९ मा आयोजित खेलकुद सप्ताहका विभिन्न खेलमा विजेता खेलाडी विद्यार्थीहरुलाई सो अवसरमा पुरस्कार वितरण गरिएको थियो ।

खेलकुद सप्ताह अन्तर्गत मन्टेश्सरी तहका विद्यार्थीहरुलाई म्युजिकल चेयर, इन आउट, चकलेट रेस, इलेमेन्टरी तहका विद्यार्थीहरुलाई रिले रेस, हाजिरी जवाफ, स्पेलिङ, चित्रकला, भ्यागुता उफ्राइ र सेकेन्डरी तहका विद्यार्थीहरुलाई फुुटबल, भलिबल, ब्याडमिन्टन आदी खेलहरु आयोजना गरिएको थियो ।

समारोहमा यस शैक्षिक वर्षमा मन्टेसरी तहबाट सर्वोत्कृष्ट घोषित विद्यार्थी ओसन राई, इलेमेन्टरीबाट सर्वोत्कृष्ट गुन्जन लिम्बु र सेकन्डरी तहबाट सर्वोत्कृष्ट शिभम झालाई पुरस्कृत गरिएको थियो ।

यस शैक्षिक वर्षमा विद्यार्थीहरु मध्ये सबैभन्दा बढि अंक ल्याई स्कुल प्रथम हुने विद्यार्थी कक्षा ४ कि गुन्जन लिम्बुलाई समेत पुरस्कृत गरियो ।

विद्यालयले प्रत्येक वर्ष अभिभावकहरु मध्येबाट उत्कृष्ट एक अभिभावकलाई गार्जेन अफ द इयर अवार्डबाट सम्मानित गर्दै आएको छ ।

यसवर्ष सो अवार्ड कक्षा ४ विद्यार्थी लिच्छविहाङ राईका अभिभावक आरती राईलाई प्रदान गरिएको थियो ।

त्यसैगरी विद्यालयको टिचर अफ द इयर अवार्ड भाइस प्रिन्सिपल समेत रहनुभएकी ममता लिम्बु र स्टाफ अफ द इयरको अवार्ड एकाउन्टेन्ट मन्जु लिम्बुलाई प्रदान गरिएको थियो ।

सो अवसरमा विद्यालयमा डान्स, मोडलिङ र उसुमा नियमित स्रोत व्यक्तिको रुपमा कार्यरत क्रमशः मनिषा लिम्बु, मेरिना तुम्सा लिम्बु र रोहित लिम्बुलाई पनि सम्मान –पत्र प्रदान गरिएको थियो ।

नेशनल एकेडेमी प्रदेश नं. १ कै एकमात्र र पहिलो आइएसओ प्रमाण चिन्ह प्राप्त शिक्षण संस्था हो । यहाँ विद्यार्थीहरुको पठनपाठन नयाँ र फरक ढंगले गर्ने गरिएको छ ।

विद्यार्थीहरुलाई पुस्तकको ज्ञान गतिविधिहरु मार्फत दिइने शैली अवलम्बन गरिएको प्रिन्सिपल श्रीशीशा राईले बताए ।
शैक्षिक वर्ष २०८० का लागि भर्ना शुरु भइसकेको र सहुलियत दरमा शुल्क तोकिएको समेत जानकारी दिए ।

nation news cover photo 3 news photoo = 3 news phto= 7 national team news photo = 7

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic