क्रियटिभ स्कुल सर्कलका शिक्षक शिक्षिकाहरुलाई तीन दिवसीय तालिम

  • चैत २७, २०७९
  • ४,७११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ चैतः क्रियटिभ स्कुल सर्कल धरानले गणित विषय शिक्षण सिकाई सम्वन्धि तीन दिने तालिम सम्पन्न गरेको छ ।

धरान–५ स्थित डि.पि विलिवर्स इङलिस स्कुलमा आयोजित सो कार्यक्रम सोमवार सम्पन्न भएको हो ।

तालिममा दयामान श्रेष्ठले प्रभावकारी गणित विषय शिकाईका विषयमा तालिममा दिएका थिए । उनले गणित विषयका शिक्षकहरुको कारण विद्यालयका विद्यालयमा विद्यार्थीहरुले शिक्षकहरुलाई प्रश्न सोध्न डराउने गरेकोले गणित विषय कठिन महशुस भएको वताए ।

उनले कुनै विषयको शिक्षक सरल र नरम भएको अवस्थमा विद्यार्थीहरुले प्रश्न गर्न सक्ने र समाधान खोजिने वताए ।
उनले सिकाईलाई प्रभावकारी रुपमा स्कुलमा लागू गर्न सकेमात्र तालिमको उपलव्धि हुने वताएका थिए ।

photo csc

सर्कलमा आवद्ध भएका स्कुलहरु मध्ये १० स्कुलका ४२ जना सहभागी रहेको सो तालिममा गणित विषय कसरी प्रभावकारी रुपमा पढाउन सकिन्छ भन्ने तालिम दिइएको थियो ।

विषयगत तालिम दिएर शिक्षक र शिक्षिकालाई दक्ष वनाएको अवस्थामा विद्यार्थीहरुलाई प्रभावकारी शिक्षण सिकाई हुन्छ भन्ने उदेश्यले तालिमको आयोजना गरीएको क्रिएटिभ स्कुल सर्कलका अध्यक्ष गंगाराम राईले वताए ।

एक्वा डाईनेष्टी इङ्लिस स्कुल, धरान–१७,आवर होम इङ्लिस बोर्डिङ स्कुल,डि.पि.बिलिभर्स इङ्लिस स्कुल धरान –५ बोर्डिङ,जोलसाया एकेडेमी धरान–११, हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५,धरान इङ्लिस बोर्डिङ स्कुल धरान–५,देउराली चिल्ड्रेन एकेडेमि धरान –५ का शिक्षक शिक्षिकाहरु सहभागी भएका थिए ।

तालिममा सहभागीहरुलाई प्रशिक्षक दयामान श्रेष्ठ, डिपि विलियर्स इङलिस स्कुलका प्रिन्सिपल सन्जिव वान्तवा, आवरहोम स्कुलका प्रिन्सिपल गम्भिरमान तामाङ, धरान इङलिस स्कुल धरान–५ का डाइरेक्टर दिनेश जिमि, देउराली चिल्«ड्रेन एकेडेमीका डाइरेक्टर पृथ्वी राईका मगर, सर्कलका अध्यक्ष गंगाराम राई, नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ लगायतले सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए ।

कार्यक्रमको संचालन विजय सिं थेवेले गरेका थिए भने सभापतित्व गंगाराम राईले गरेका थिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic