रोजबडको आठौं वाषिकोत्सव सम्पन्न

  • चैत २९, २०७९
  • ३,६०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ चैतः रोजबड मन्टेश्वरी एन्ड ट्रेनिङ सेन्टर धरान–१६ ले आफ्नो आठौँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

वार्षिक उत्सवको अवसरमा सेन्टरले विद्यार्थीहरूलाई दीक्षित समेत गरेको छ ।

कक्षा १ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई दीक्षित गरिएको सेन्टरका सञ्चालक सञ्जीव उदासले वताए ।

युकेजीबाट कक्षा १ मा उत्तीर्ण भएका ११ जनालाई दीक्षित गरिएको उदासले जानकारी दिएकाछन् ।

वार्षिकोत्सवको अवसरमा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरूले नृत्य, र गीत प्रस्तुत गरी अभिभावकहरुलाई मनोरन्जन दिएका थिए ।

विद्यार्थीहरुले नर्सरी, एलकेजी र युकेजीमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो प्रतिभा देखाएका थिए ।

केही विद्यार्थीहरूले सामाजिक सञ्जाल, अनुशासन, प्रविधिको महत्व, मित्रता, सपना, वातावरणीय प्रदूषणका बारेमा बोलेका थिए ।

त्यसैगरी सेन्टरबाट उत्तीर्ण भई विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीहरूले पनि नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

मेनुका गिरीको सभापतित्वमा भएको कार्यक्रममा धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा, गायक डिल्ली फोम्बो, सेन्टर प्रमुख राजेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो ।

 11 33 uu yy aa 55 reb yyyyyy 1 11 33 55

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic