सिटिजन्स् बैंकको १६ औं स्थापना दिवसमा रक्तदान र स्वास्थ्य शिविर

  • वैशाख ७, २०८०
  • १,५२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ वैशाखः सिटिजन्स् बैंक इन्टरनेसनल लि. धरान शाखाले बैंकको १६ औं वार्षिक उत्सवका अवसरमा विहिवार निःशुल्क स्थास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

बैंकले विराट मेडिकल सेन्टरको प्राविधिक सहयोगमा निःशुल्क स्थास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

धरान १७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयको भवनमा आयोजित कार्यक्रममा १५० जनाले स्त्रीरोग, नाक÷कान÷घाटी, जनरल मेडिसिन विभागसँग सेवा तथा परामर्श लिएकाछन् भने सुगर, प्रेशर तथा रगत परिक्षण गराएको धरान शाखा प्रमुख तोर्ण बहादुर कार्कीले जानकारी दिएकाछन् ।

कार्यक्रममा वैंकका कोशी प्रदेश प्रमुख प्रदिप सेडाँइको समेत उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा विभिन्न रोगसँग सम्बन्धित औषधीहरु समेत निःशुल्क रुपमा वितरण गरिएको कुरा सिटिजन्स् बैंक धरान शाखा प्रमुख तोर्ण बहादुर कार्कीले बताए ।

सोही वडाको रेल्वे चोकस्थित पिपल बोटछेऊ सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा समेत स्थानीय सेवाग्राहीहरुको उल्लेख्य सहभागिता रहेको सो रक्तदानमा ३९ पिन्ट रगत संकलन भएको कुरा विराट मेडिकल सेन्टर धरानका बजार व्यवस्थापक अपिल राईले जानकारी दिए ।

बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले ५० प्रतिशतसम्म छ्ुट पाउने गरी विराट मेडिकल सेन्टरसँग आपसी समझदारीपत्रमा हस्ताक्षर समेत गरेको छ ।

सिटिजन्स् बैंकले आगामी दिनमा बैंकले नाफामुखी मात्र नभइ समाजलाई समेत सकारात्मक योगदान पुर्याउने गरी कार्यक्रम ल्याउने शाखा प्रमुख कार्कीले वताए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic