सहिद लाजेहाङको परिवारलाई आर्थिक सहयोग

  • वैशाख ८, २०८०
  • २,८९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ वैशाखः एक महिना अघि कोशी प्रदेश नामाकरण खारेजीको माग गदै भएको आन्दोलनका क्रममा सहिद भएका पदम लिम्बू (लाजेहाङ) को परिवारलाई हङकङबाट आएको आर्थिक सहयोग प्राप्त भएको छ ।

लाजेहाङको परिवारलाई शुक्रवार एक कार्यक्रमका वीच आर्थिक रकम हस्तान्तरण गरीएको थियो ।

नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा प्रदेश नं १ पहिचानी संघर्ष समिति हङकङका संयोजक किरण सुच्चा राईको नेतृत्वमा हङकङमा रहेको नेपालीहरुबाट संकलन गरिएको नगद ५ लाख ११ हजार ५ सय ८५ रुपैयाँ शुक्रबार लाजेहाङको परिवारलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा सुच्चा राई कल्याणकारी सेवा समाजका केन्द्रीय अध्यक्ष विनोद सुच्चा राई र किरात राई यायोक्खा, सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले सहिद लाजेहाङकी आमा धनमाया लिम्बुलाई चेक हस्तानतरण गरेका थिए ।

कार्यक्रममा वोल्दै लाजेहाङकी बहिनी पवित्रा सुब्बाले कोशी प्रदेश नाम खारेज गरेर पहिचानको आधारमा प्रदेशको नाम राखिएपछि मात्र आफ्नो दाजु लाजेहाङको आत्माले शान्ति पाउने बताइन ।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले सहिद लाजेहाङप्रति समर्पित गर्दै कविता वाचन गरेका थिए ।

किरात राई यायोक्खा सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले लाजेहाङको शव भोली शनिबार बिहान ९ धरानमा शवयात्रा गराउने र भानुचोकमा श्रद्धाञ्जली अर्पण गरि इटहरी, विराटनगरमा श्रद्धाञ्जली कार्यक्रम हुने र अन्तिममा बेलबारीको लालभित्तिमा पुर्याएर अन्त्येष्टी गरिने पनि उनले बताए ।

हाल लाजेहाङको लास हाल धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञानको मर्चरीमा राखिएको छ ।

कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै चैत्र ५ गते विरानगरमा भएको आन्दोलनका क्रममा घाइते भएका लाजेहाङको पाँच दिन पछि उपचारको क्रममा मृत्यु भएको थियो । नेपाल सरकारले उनलाई सहिद घोषणा गरिसकेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic