महिला समितिद्धारा संस्थागत विकास अभिमुखिकरण तालिम

  • वैशाख ९, २०८०
  • ३,०८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ वैशाख ः नेवार एकता समाज महिला समितिद्धारा एक दिने संस्थागत विकास अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

रेडक्रस भवनमा आयोजित कार्यक्रममा भएको सो कार्यक्रममा १३ जना महिला सहभागी रहेका थिए ।

संस्थागत विकास र संस्था भित्र कसरी सफल संगठन र संस्थालाई कसरी चलाएमान वनाउने भन्ने विषयमा तालिम दिइएको प्रशिक्षक मोहन श्रेष्ठले जानकारी दिएकाछन् ।

news photo = 3 1

नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले संस्थालाई अघि वढाउने कुरामा महिलाको महत्वपूर्ण भूमिका हुने भएकोेले महिलाले हरेक कुरामा अग्रसर भएर अघि वढन आग्रह गरेका थिए ।

महिला समितिकी अध्यक्ष विद्या शाक्यले प्रशिक्षण उपलव्धी मुलक भएको वताइन ।

महिला समितिकी पूर्व अध्यक्ष शिला वज्राचार्य, नेवार एकता समाजका प्रवक्ता भोला श्रेष्ठ, प्रशिक्षक मोहन श्रेष्ठ लगायतले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

आगामी शनिवार उद्घोषण तालिमको आयोजना गरीन लागेको समाज अध्यक्ष महेश श्रेष्ठले जानकारी दिएकाछन् ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic