स्कुललाई सहयोग गर्दै पूर्व विद्यार्थीद्धारा शुभकामना आदान प्रदान सम्पन्न

  • वैशाख ९, २०८०
  • १,३२० पटक पढिएको
  • छाल खबर
alt

खेमबहादुर माझी
धरान,९ वैशाख ः धरान–१६ स्थित भगवति आधारभूत विद्यालयका पूर्व विद्यार्थीहरुको संगठन भगवति मिडिल स्कुल एलुम्नाई एशोसिएशनले नव वर्षको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ ।

 स्कुलको हलमा शनिवार आयोजित कार्यक्रममा पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

पूर्व विद्यार्थी उद्धव श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ समाजसेवी अधिवक्ता विश्वनाथ वास्तोला प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा २०१० सालमा विद्यालय स्थापना हुदा पहिलो भर्ना भएका विद्यार्थीहरु पूर्व माननीय हरीनाथ वास्तोला, पूर्व माननीय कुन्ता शर्मा, हरीप्यारा श्रेष्ठ, डा.नविन नेपाल, टोमप्रसाद आचार्य,  गोपाल वाग्ले,हरीकृष्ण आचार्यलाई सम्मान गरीएको थियो ।

सो कार्यक्रममा नविन नेपाल,हरीप्यारा श्रेष्ठ, वलराम मानन्धर, आइतीमाया तामाङ,अजुर्न वस्नेत, शिवकुमार भण्डारी, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्व विद्यार्थी लिला श्रेष्ठले स्कुललाई नगद २१ हजार हस्तान्तरण गरेकी थिइन भने पूर्व विद्यार्थी रुद्र वास्तोला परिवारबाट स्कुललाई १ सय ५० थान कापी र १सय ५० थान डटपेन हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वर्तमान प्रधानाध्यापक अच्चुत पराजुली, पूर्व प्रधानाध्यापकहरु पदम बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा पूर्व शिक्षक अम्विका सुवेदी,सुशिला श्रेष्ठ, विमला श्रेष्ठको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल नेपालले संचालन गरेका थिए ।

342368532_645452487123173_4162390539326933730_n 342360445_874590854176789_607299093159888110_n 342360437_934610474348956_2074557532665725018_n 342650874_239781328715668_3267560911167684979_n 342367825_1314816106103031_7919715436483785703_n

 

 

 

 

 

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

नेमकिपा सुनसरी–१ मा महेश श्रेष्ठको २४ बुँदे घोषणाप

छाल खवर धरान,५ फागुन ः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट सुनसरी ...

अण्डर १४ विद्यालय फुटबल प्रतियोगिता शुरु

छाल खवर धरान,४ फागुन ः अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध् ...

हिबिस्कस बाल क्लबद्वारा कोशी मा.बि.का विद्यार्थीला

छाल खवर धरान,४ फागुनः हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आफ्नो सामाजिक दायित्वअ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic