सिमानामा राखेको वोर्ड हटाएकोमा वाइसिएलको आपत्ति

  • वैशाख १२, २०८०
  • २,६५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ वैशाखः धरान नगरपालिकाले राखेको सिमानामा राखेको वोर्ड हटाएकोमा वाइसिएल धरान नगर समितिले आपत्ति जनाएको छ ।

धरान उपमहानगरपालिकाले धरान र इटहरी बीचको सिमाना भनि तरहरामा राखेको सिमाना प्रारम्भ बोर्ड युवा संघ इटहरीले हटाएको घटनाप्रति वाइसिएलले गम्भीर आपत्ति जनाएको हो ।

स्थानीय तह बीचको सिमाना विवाद सम्बन्धित स्थानीय तह बीचको संवाद, समन्वय र छलफलबाट कानुन बमोजिम समाधान खोजिनु पर्नेमा वाइसिएलले माग गरेको छ ।

धरान नगर सरकारले सिमा सम्बन्धी चालेका कदमहरुको अवमूल्यन हुने गरी पार्टीको भातृ संगठनले अराजक ढंगले सिमा प्रारम्भ बोर्ड हटाइनु गम्भीर र आपत्तिजनक रहेको नगर अध्यक्ष दिपम तामाङले विज्ञप्तिमा उल्लेख गरेकाछन् ।

दुई स्थानीय तहका सरकार प्रमुख बीच जिम्मेवार ढंगले प्रस्तुत भई समस्या समाधान गर्न अध्यक्ष तामाङले विज्ञप्तिमा आग्रह गरेकाछन् ।

धरान नगरपालिकाले आफ्नो सीमानामा हासपोसाको पानीपिया हालको इटहरी २० सम्म नम्सामा कायम भएको भन्दै सीमा प्रारम्भको वोर्ड पानीपियामा केही दिन अघि राखेको थियो ।
केही वर्ष अघि देखि धरान र इटहरीवीच सीमानाको विवाद हुदै आएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic