सिमानामा राखेको वोर्ड हटाएकोमा वाइसिएलको आपत्ति

  • वैशाख १२, २०८०
  • २,७०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ वैशाखः धरान नगरपालिकाले राखेको सिमानामा राखेको वोर्ड हटाएकोमा वाइसिएल धरान नगर समितिले आपत्ति जनाएको छ ।

धरान उपमहानगरपालिकाले धरान र इटहरी बीचको सिमाना भनि तरहरामा राखेको सिमाना प्रारम्भ बोर्ड युवा संघ इटहरीले हटाएको घटनाप्रति वाइसिएलले गम्भीर आपत्ति जनाएको हो ।

स्थानीय तह बीचको सिमाना विवाद सम्बन्धित स्थानीय तह बीचको संवाद, समन्वय र छलफलबाट कानुन बमोजिम समाधान खोजिनु पर्नेमा वाइसिएलले माग गरेको छ ।

धरान नगर सरकारले सिमा सम्बन्धी चालेका कदमहरुको अवमूल्यन हुने गरी पार्टीको भातृ संगठनले अराजक ढंगले सिमा प्रारम्भ बोर्ड हटाइनु गम्भीर र आपत्तिजनक रहेको नगर अध्यक्ष दिपम तामाङले विज्ञप्तिमा उल्लेख गरेकाछन् ।

दुई स्थानीय तहका सरकार प्रमुख बीच जिम्मेवार ढंगले प्रस्तुत भई समस्या समाधान गर्न अध्यक्ष तामाङले विज्ञप्तिमा आग्रह गरेकाछन् ।

धरान नगरपालिकाले आफ्नो सीमानामा हासपोसाको पानीपिया हालको इटहरी २० सम्म नम्सामा कायम भएको भन्दै सीमा प्रारम्भको वोर्ड पानीपियामा केही दिन अघि राखेको थियो ।
केही वर्ष अघि देखि धरान र इटहरीवीच सीमानाको विवाद हुदै आएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic