व्यवहार तत्काल सुधार गर्न मेयर हर्क साम्पाङलाई दलहरुको आग्रह

  • वैशाख १९, २०८०
  • ६,१८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ वैशाखः धरान उपमहानगरपालिका नगरप्रमुख हर्कराज राईलाई धरानका राजनीतिक दलहरुले प्रेसमाथि अमर्यादित र अपमानजनक व्यवहार नगर्न आग्रह गरेकाछन् ।

नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, नेकपा एमालेका अध्यक्ष हर्कजंङ एभेङ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज ), जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बु र नेकपा (एस) का अध्यक्ष रेवतीरमण राईले संयुक्त विज्ञप्ती जारी गर्दै त्यस्तो आग्रह गरेका हुन ।

विज्ञप्तिमा जुन संविधान र विधिमा टेकेर साम्पाङ धरानका मेयर भएका हुन्, उनले त्यसकै विपरीत हुने गरि नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि पटक पटक धावा बोलिरहेको पनि उल्लेख छ ।

नेपाली प्रेसको अग्रसरता र भुमिका विना नेपालको लोकतान्त्रिक आन्दोलन सम्भव नहुने स्मरण गराउदै दलहरुले प्रेसले गरेको आलोचनालाई आफ्नो विरोधकोरुपमा लिएर आफुलाई विधि, प्रक्रिया र कानुनभन्दा माथि ठानेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध प्रस्तुत गरिरहेको व्यवहार सुधार गर्न पनि दलहरुले मेयर साम्पाङलाई सचेत गराएका छन् ।

विज्ञप्तीमा भनिएको छ,‘नियोजित उद्देश्य पुरा गर्न र सस्तो प्रचारबाजीका लागि मर्यादित प्रेसमाथि गरिरहेको अमर्यादित व्यवहार र टिप्पणीलाई तत्काल सुधार गरी स्वतन्त्र प्रेसप्रति सम्मान गर्न आग्रह गर्दछौं ।’

यस अघि नेपाल पत्रकार महासंघ सुनसरी र सुनसरीका ४ वटा पत्रकार संगठन प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, प्रेस युुनियन र समाजवादी प्रेस संगठन नेपालले पनि मेयरको प्रेस प्रतिको अभिव्यक्ति र व्यवहार तत्काल सुधार गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो ।

final news photo

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic