धरान उपमहानगरपालिका प्रेस स्वतन्त्रताको पक्षमा रहे्को मेयर साम्पाङद्धारा स्पष्ट

  • वैशाख २६, २०८०
  • ११७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ वैशाखः धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज रार्य ( हर्क साम्पाङ)ले धरान उपमहानगरपालिका प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

तीन दिन अघि नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण पत्रको लिखित जवाफ दिदै उनले यस्तो बताएका हुन् ।

मेयर साम्पाङले पत्रकार र सञ्चार माध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपुर्ण भाषामा प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति दिएको भन्दै पत्रकार महासंघ सुनसरीले प्रेस स्वतन्त्रताको सम्मान गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएको थियो । तीन दिनको अल्टिमेटमसहित बुझाएको ध्यानाकर्षण पत्रको मेयर साम्पाङले आजै जवाफ दिएका हुन् ।

पत्रकार महासंघले नगरप्रमुख साम्पाङलाई अमर्यादित र गालीगलौजपुर्ण अभिव्यक्ति फिर्ता लिन पनि आग्रह गरेको थियो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा झोले पत्रकार भन्दै पत्रकार र सञ्चारमाध्यम लक्षित अमर्यादित भाषामा गाली गर्ने गरेका छन् । साथै, उनका समर्थकहरुले पनि पत्रकारहरुलाई सामाजिक सञ्जालमा जथाभावी गालीगलौज र धम्कीसमेत दिने गरेकाछन् ।

धरान उपमहानगरपालिका प्रेस स्वतन्त्रताको पक्षमा रही आएको तर प्रेस स्वतन्त्रताको नाममा जथाभावी आरोप लगाउने, कसैको चरित्र हत्या गर्ने, अपुष्ट समाचार सम्प्रेषण गरि भ्रम सृर्जना गर्ने छुट पत्रकारलाई पनि नरहेको मेयर साम्पाङको जवाफी पत्रमा उल्लेख छ ।

यस अघि नगरप्रमुख साम्पाङले चलाउदै चलाउने सामाजिक संजालमा संचारकमींलाई गाली गलौज गरेर पोष्ट गर्ने गरेका थिए ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic