नगरप्रमुख साम्पाङ विरुद्ध पत्रकार महासंघ सुनसरीद्धारा आन्दोलनको घोषणा

  • वैशाख २८, २०८०
  • २,६७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ वैशाखः नेपाल पत्रकार महासंघ सुनसरीले धरान नगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रेस माथि धाक र धम्की दिने कार्य नरोकिएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

मेयर साम्पाङको कारणले पत्रकारहरुले असुरक्षित महशुस गर्ने अवस्था सृर्जना भएको र स्थानीय सरकार प्रमुख आफै स्वतन्त्र प्रेस विरोधी देखिएको पनि महासंघले ठहर गर्दे आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघ अध्यक्ष जनकऋषि राई र सचिव ध्रुव ढकालले जारी विज्ञप्तीमा बैशाख २८ गते प्रेस विज्ञप्ती जारी गर्ने, बैशाख २९ गते जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, बैशाख ३० गते सुनसरीबाट प्रकाशित पत्रिका र अनलाइन पोर्टलहरुमा एउटै नारा प्रकाशन, प्रशारण गर्न आग्रह गर्ने आन्दोलनको कार्यक्रम रहेको छ ।

यस्तै, बैशाख ३१ गते सुनसरीका पत्रकारहरुले एउटै नारा फेसबुक स्टाटस लेख्ने, जेठ १ गते धरानमा मौन जुलुस प्रर्दशन गर्ने र जेठ २ गते धरानमा पुर्वनगर प्रमुखहरुसँग अन्तरक्रिया गर्ने पनि आन्दोलनको कार्यक्रममा समावेश गरिएको छ ।

यसअघि महासंघले गएको आइतबार तीन दिनभित्र प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिवद्धता सार्वजनिक गर्न र धम्की, गालीगलौजपुर्ण अभिव्यक्ति फिर्ता लिन अल्टिमेटम दिएको थियो । मेयरले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेपनि प्रेस स्वतन्त्राप्रति उपहानगरपालिकाको प्रतिवद्धता नआएको भन्दै महासंघले आन्दोलन घोषणा गरेको हो ।

2nd paje ist paje 3 rrd paje

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic