नगरप्रमुख साम्पाङ विरुद्ध पत्रकार महासंघ सुनसरीद्धारा आन्दोलनको घोषणा

  • वैशाख २८, २०८०
  • २,६८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ वैशाखः नेपाल पत्रकार महासंघ सुनसरीले धरान नगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रेस माथि धाक र धम्की दिने कार्य नरोकिएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

मेयर साम्पाङको कारणले पत्रकारहरुले असुरक्षित महशुस गर्ने अवस्था सृर्जना भएको र स्थानीय सरकार प्रमुख आफै स्वतन्त्र प्रेस विरोधी देखिएको पनि महासंघले ठहर गर्दे आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघ अध्यक्ष जनकऋषि राई र सचिव ध्रुव ढकालले जारी विज्ञप्तीमा बैशाख २८ गते प्रेस विज्ञप्ती जारी गर्ने, बैशाख २९ गते जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, बैशाख ३० गते सुनसरीबाट प्रकाशित पत्रिका र अनलाइन पोर्टलहरुमा एउटै नारा प्रकाशन, प्रशारण गर्न आग्रह गर्ने आन्दोलनको कार्यक्रम रहेको छ ।

यस्तै, बैशाख ३१ गते सुनसरीका पत्रकारहरुले एउटै नारा फेसबुक स्टाटस लेख्ने, जेठ १ गते धरानमा मौन जुलुस प्रर्दशन गर्ने र जेठ २ गते धरानमा पुर्वनगर प्रमुखहरुसँग अन्तरक्रिया गर्ने पनि आन्दोलनको कार्यक्रममा समावेश गरिएको छ ।

यसअघि महासंघले गएको आइतबार तीन दिनभित्र प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिवद्धता सार्वजनिक गर्न र धम्की, गालीगलौजपुर्ण अभिव्यक्ति फिर्ता लिन अल्टिमेटम दिएको थियो । मेयरले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेपनि प्रेस स्वतन्त्राप्रति उपहानगरपालिकाको प्रतिवद्धता नआएको भन्दै महासंघले आन्दोलन घोषणा गरेको हो ।

2nd paje ist paje 3 rrd paje

 

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

जसपाको प्रतिबद्धता सार्वजनिकः ‘जाँतो’ चिन्हमा मत

छाल खवर धरान,११ फागुन ः जनता समाजवादी पाटीका अध्यक्ष तथा पूर्व शिक्षा मन्त् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic