धरानमा दोस्रो राष्ट्रिय कुराँश खेल प्रतियोगिता हुने

  • जेठ १, २०८०
  • २,२२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ जेठ ः खेलकुदको शहर धरानमा विभिन्न किसिमका खेलकुद प्रतियोतिाहरु संचालन हुने गरेको छ । सोही क्रममा नेपाल कुराँश संघको आयोजनामा प्रतियोगिता हुने भएको छ ।

पहिलो पटक काठमाडौंमा सम्पन्न भएको सो प्रतियोगितामा यस पटक भने धरानमा हुन लागेको हो ।

प्रतियोसिगता आयोजना गर्नको लागि धरानमा सोमवार स्थानीय रुपमा प्रतियोगिता आयोजक समिति गठन भएको छ ।
शनिवार भएको भेलाले जीवन राईको संयोजकत्वमा सो समिति निर्माण गरीएको हो ।

समितिको सचिवमा सम्फर तामाङ चयन गरीएको छ भने आर्थिक समितिको संयोजकमा अशोक राई रहेकाछन् ।
सो समितिको प्रचार प्रसार समितिको संयोजकमा भोला श्रेष्ठ, सदस्यमा रस्मी प्रधान,रिकेश विश्वकर्मा रहेकाछन् ।

यो खेल पूर्व क्षेत्रका लागि नितान्त नौलो भएको र खेलकुदको शहर उपनामले परिचित धरानमा यस खेलको प्रतियोगिता आयोजना गरीन लागेको प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिएकाछन् ।

राईका अनुसार जेठ २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता आयोजना हुनेछ भने प्रतियोगितामा महिला जुनियर र सिनियर गरी ४०,४४,४८,५२,५७, र ६३ साथै ६३ माथि तौल समूहमा हुनेछ भने पुरुषतर्फ पनि ४०,४४,४८,५२,५७,६३, ७३ साथै ७३ तौल माथि समूहमा हुनेछ ।

यो प्रतियोगिता पूर्वको लागि पहिलो र नौलो प्रतियोगिताको रुपमा हुनेछ ।

 

 

 

 

 

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic