कांग्रेसका पूर्व नगर सचिव राजेशमान श्रेष्ठद्धारा कांग्रेस परित्याग सधै पार्टीले पाखा लगाएको आरोप

  • जेठ ४, २०८०
  • ३,९५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ जेठ :नेपाली काँग्रेस धरानका पूर्व नगर सचिव तथा युवा नेता राजेशमान श्रेष्ठ ले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकाछन् ।

लामो समय शिक्षण पेसामा आवद्ध श्रेष्ठ किशोर राई नगर सभापति निर्वाचित हुदा सचिवमा निर्वाचित वनेका थिए । पारीवारीक रुपमा नै कांग्रेस पृष्ठभूमिका श्रेष्ठ नेवार समुदायमा निकै लोकप्रिय रहेकाछन् ।

श्रेष्ठले वुधवार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा गरेका थिए भने सोही दिन उनी राष्ट्रिय स्वतन्त्र पार्टीको धरान नगर संयोजक वनेका थिए ।

काँग्रेसमा सबै भन्दा धेरै पीडित आफू भएको बताउँदै रा काँग्रेसले कहिल्यै कुनै अवसर नदिएर पाखा लगाउने काम गरेको आरोप समेत लगाएकाछन् ।

श्रेष्ठले पार्टीमा धरानमा बढेको गुटबन्दी, विकृती, विसंगती बारे बोल्दा गद्दार समेत भनेर अरोप लगाउने गरेको गुनासो समेत गरेकाछन् ।

लामो समय शिक्षक पेसामा रहेका श्रेष्ठ समुदायमा निकै लोकप्रिय रहेकाछन् । संगठन निर्माणमा उनी निकै निपूर्ण रहेकोले पार्टी संगठन तिव्र रुपमा निर्माण हुने अनुमान गरीएको छ ।

उनले सवै वडाहरुमा संगठन निर्माणलाई तिव्रता दिने वताएकाछन् । आफूले धरानको समग्र हितको पक्षमा काम गर्ने समेत वताएकाछन् ।

वुधवार भएको भेलाले सुमान श्रेष्ठलाई सचिवमा चयन गरेको छ । श्रेष्ठ यस अघि माओवादीको धरान नगर समिति सदस्य रहेका थिए ।

भेलाले कोषाध्यक्षमा सबिता लिम्बुलाई चयन गरेको छ भने सदस्य रहने गरी तदर्थ समिति गठन गरेको छ ।

त्यसैगरी धरान(९ का सक्रिय युवा निर्मल आचार्य पनि काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका छन् ।

वुधवार भएको भेलाले तदर्थ समितिले जेठ १९ गते भित्र नयाँ सदस्यता वितरण गरी आउँदो मङ्सिरमा पार्टीको अधिवेशन गर्ने निर्णय गरेको नगर संयोजक राजेमान श्रेष्ठले जानकारी दिएकाछन् ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic