पलायन भएका सरकारी कार्यालयहरु फिर्ता ल्याउन समाजवादीले पहल गर्ने

  • जेठ ८, २०८०
  • ३,७४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ जेठः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले आगामी वजेटमा समेटनुपर्ने योजना सहित धरान नगरपालिकामा ध्यानाकर्षण गराएको छ ।

नगर अध्यक्ष रेवति रमण राई र सचिव खेमप्रसाद दाहालले धरान नगरको विकासमा विभिन्न २५ वुदे माग सहित ध्यानाकर्षण पत्र वुझाएको हो ।

धरान उपमहानगर पालिका समक्ष आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा जनसरोकारका विषयहरु समावेश गरि बजेट निर्माण गर्न ध्यानार्कषण गराईएको नगर अध्यक्ष रेवतिरमण राईले जानकारी दिएकाछन् ।

नगरपालिकामा माग गरीएका विषयहरुमा सरकारी सेवा प्रवेशको लागि लोकसेवा आयोग र सेवा आयोग तयारी कक्षाको व्यवस्था गरिनुपर्र्ने,लागु औषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण गर्ने विशेष अभियान संचालन गरीनुपर्नेृ,क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको ग्यारेन्टी गरिनुपर्ने रहेको छ ।

त्यसैगरी सवारी साधन पार्किङ स्थलको उचित व्यवस्थापन गरिनुपर्ने,धरान ६ पानवारीमा निर्माणधिन औधोगिक ग्रामलाई यथाशिघ्र सम्पन्न गरि संचालनमा ल्याइनुपर्ने,फोहोर व्यवस्थापनको लागि दीर्घकालीन आधुनिक डम्पिङ साइडको व्यवस्था गरिनुपर्ने माग गरेको छ ।

त्यस्तै ब्रिटिस र भारतीय सेनाको अन्तिम छनौटस्थल धरानमा पुनस्थापना गर्नको लागि विशेष पहल गरीनुपर्ने र धरानका सबै स्थानमा सिसि क्यामेरा जडान गरि शान्ति सुरक्षाको व्यवस्था गर्न माग समेत गरीएको छ ।

धरानलाई सूचना प्रविधी (आइटी) को केन्द्र बनाई सूचना प्रविधिको बजारीकरण गरीनुका साथै आईडिया बैंकको स्थापना गर्न माग गरीएको छ ।

धरान सवैभन्दा सुन्दर शहर भएकोले धरान बजार साथै वरिपरि समेत सौन्दर्यकरण गरीनुपर्ने,धरानलाई शैक्षिक हब, स्वास्थ्य हव, खेलकुद तथा साहसिक खेलकुद हब बनाई पर्यटकहरुको आर्कषण गरी आन्तरीक आयआर्जनमा वृद्धि गरीनु पर्ने तथा धरानमा रहेका सबै शैक्षिक संस्थामा स्थानीय (धरानको) कोटाको व्यवस्था गर्नुपर्ने माग पत्रमा उल्लेख गरीएको छ ।

लामो समयदेखि निर्माण सम्पन्न हुन नसकिरहेको धरान–१४ स्थित बहुजातीय संग्रहालयलाई यथाशिघ्र सम्पन्न गरि संचालनमा ल्याइनुपर्ने, धरान सभागृहलाई व्यवस्थित गरि प्रदर्शनी स्थलको रूपमा विकास गरिनुपर्ने, युवा, महिला, दलित, अल्पसंख्यकलाई सीप सिकाई स्वरोजगार बनाइनुपर्ने,आधुनिक सुविधा सम्पन्न बुद्धाश्रम निर्माण गरिनुपर्ने माग राखीएको छ ।


धराने कालो बंगुर, लोकल रक्सी प्रशोधन गरि धरानको ब्राण्डकोरुपमा विकास गरिनुपर्ने, जोखिमपूर्ण क्षेत्रमा काम गर्ने सबै मजदुरहरूले अनिवार्य सुरक्षा सामग्री प्रयोग गर्ने व्यवस्था गर्दै मजदुर राहत कोषको स्थापना गरि जीवन विमाको व्यवस्था गरिनुपर्ने,धरानलाई डिजिटल शहरको रूपमा विकास गरीनुुपर्ने, नगरपालिका प्रविधि मैत्री बनाई भ्रष्टाचार रहित र पारदर्शिता गर्न माग समेत गरीएको छ ।

धरानको भूमिहीन, दलित, अव्यवस्थित तथा सुकुम्बासी बसोबासलाई स्थायी व्यवस्थित गरि आधारभूत सुविधा उपलब्ध गरीनु पर्ने,धरानमा संचालित बस, ट्याक्सी, टेम्पो, इ–रिक्साको वैज्ञानिक भाडा दर निर्धारण गरिनुपर्ने र नगर बस संचालन गर्नुपर्नेमा जोडदार माग गरीएको छ । खाद्यान्नको मूल्य निर्धारण सुचीलाई व्यवस्थित गर्न माग समावेश गरीएको छ । व्यवस्थित आधुनिक बधशालाको निर्माण गरिनुपर्ने तथा कर्मचारीको क्षमतामा अभिवृद्धि गरिनुपर्ने माग समेत राखीएको छ ।

धरानमा रहेका सहकारी संस्थालाई व्यवस्थित गरि समाजमा सहकारीप्रति आर्कषण वढाउनु पर्ने माग गरेको छ ।
धरानका तमाम समस्यालाई उजागर गर्दै धरानको विकासका लागि आफूहरु सधै आवाज उठाई रहने नगर अध्यक्ष रेवति राईले वताए ।

ध्यानाकषण पत्र वुझाई सकेपछि पत्रकार महासंघमा पत्रकार सम्मेलन गरी आम जनताको सवालमा काम गर्नको लागि ध्यानाकषर्ण पत्र वुझाएको अध्यक्ष राईले वताए ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य जीवन राईले धरानबाट पलायन भएका सरकारी कार्यालयहरु  फिर्ता ल्याउनका लागि आफ्नो पार्टीले पहल गर्ने वताए । धरानको गुमेको शाख फर्काउन हाम्रो पार्टीले पहल गर्नेछ उनले भने ।

 

 

 

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

जसपाको प्रतिबद्धता सार्वजनिकः ‘जाँतो’ चिन्हमा मत

छाल खवर धरान,११ फागुन ः जनता समाजवादी पाटीका अध्यक्ष तथा पूर्व शिक्षा मन्त् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic