दोस्रो सुवास राई स्मृति सुपर ८ लिगको तयारी पुरा उद्घाटन खेल भोली

  • जेठ १०, २०८०
  • ८१८ पटक पढिएको
  • छाल खबर
alt

धरान,११ जेठ धरान उपमहानगरपालिकाको आयोजनामा हुन लागेको दोसो सुवास राई स्मृति सुपर ८ लिग कम नकआउट फुटबल प्रतियोगिता २०८० को तयारी पुरा भएको आयोजकले जनाएको छ ।

हाम्रो धरान भेट्रान क्लबको संयोजनमा हुन लागेको सो फुटवल प्रतियोगिताको उद्घाटन विहिवार हुने भएको छ ।

स्थानिय स्तरका खेलाडीहरूलाई व्यवसायीक र सक्षम खेलाडी उत्पादन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडि उत्पादन गर्ने प्रतियोगिताको उदेश्य रहेको क्लबका सचिव उमेश जिमि ले वताएका छन्।

प्रतियोगितामा धरान–१,५,११,१४,१५,१६,१७ र २० वडाहरुको टिमवीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साङ्पाङ्गले गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ । उत्घाटन खेल धरान वार्ड नं १७ विरूद्व धरान वार्ड नं ११ विच हुने भएको छ ।

प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुने आयोजक समितिले जनाएको छ ।

गोधुलि क्लबका संस्थापक सदस्य, धरान फुटबल क्लबका निवर्तमान अध्यक्ष धरान उपमहानगरपालिकाको खेलकुद संयोजक समेत रहेका स्व. सुवास राईको स्मृतिमा लिग प्रतियोगिता गत वर्षबाट संचालन गरिएको हो ।

त्यसैगरी हाम्रो धरान भेट्रान क्लवको आयोजनामा दोस्रो हाम्रो धरान भेट्रान कप २०८० शुक्रवारबाट शुरु हुने भएको क्लवका अध्यक्ष अशोक कुमार राईले वताएकाछन् ।

सो प्रतियोगितामा प्रदेश १ भरीका जम्मा १४ वटा भेट्रान टिमले सहभागिता जनाएको अध्यक्ष राईले जानकारी दिएकाछन् ।
प्रतियोगिता धरान रंगशालामा हुने आयोजकले वताएको छ । स्व. सुवास राई स्मृति लिगको खेल सकिए लगतै भेट्रानको खेल शुरु हुनेछ ।

 

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic