एसईईस्पिकरको दोश्रो चरणमा १४ जना सेमिफाईनलमा प्रबेश

  • जेठ १२, २०८०
  • ४,६५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ जेठ ः एसईई परिक्षा दिएर वसेका विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउने उदेश्यले आयोजना हुदै्र आएको एसईई स्पिकर–२०८०,सिजन ३ को दोश्रो चरणको प्रतियोगिताबाट १४ जना सेमिफाईनलमा प्रबेस गरेका छन।

धरान–१३ को सभाहलमा विहिवार भएको दोस्रो चरणको प्रतियोगिताबाट १४ जना सेमिफाइनल प्रवेश गरेका हुन् प्रा.लि.का अध्यक्ष तीर्थ कार्कीको अध्यक्षमा भएको सो अडिसनमा धरान–१३ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले प्रमुख अतिथि थिए।

सहभागिहरुले ूलागु औषध दुर्ब्यसन न्यूनीकरणमा बिद्यार्थीको भुमिकाू शिर्षकमा बोलेका थिए। सेमिफाईनल आगामि ज्येष्ठ–२० गते सनिबार वडा बाल सन्जालको हलमा हुने आयोजकले जनाएको छ।

एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उनीहरुको ब्यक्तित्व र नेतृत्व बिकास गर्न प्लेट फर्म प्रदान गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि. का अध्यक्ष तिर्थ कार्कीले बताए।

प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुुमुखि क्याम्पसका उप–प्राध्यापक एबम कोशि पत्र दैनिकका सम्पादक राजेश बिद्रोही र सहिद स्मृति मा.बि. का अङ्ग्रेजी शिक्षक टंक भट्टराई रहेका थिए ।

एस.ई.ई. स्पिकरको बिजेताले २० हजार रुपैया नगद, प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृत्ति प्राप्त गर्नेछ। फष्ट रनर अपले १५ हजार रुपैया नगद, प्लस टु अध्ययनका लागि ६० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछ भने सेकेण्ड रनर अपले १० हजार रुपैया नगद र प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछ।

त्यस्तै सान्त्वना स्थान ल्याउनेले ५ हजार रुपैया नगद र प्लस टु अध्ययनका लागि ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ।

कार्यक्रममा सुनाखरी एकेडेमिका प्रीन्सिपल मिलन राई, इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर सागर श्रेष्ठ, नेसनल एकेडेमीका प्रीन्सिपल श्रीसिसा राई, हिबिस्कस इङ्लिस बोर्डिङका निर्देसक गङ्गाराम कुलुङ, भाईस(प्रीन्सिपल बिजय सिंह थेबे, अमर सेवा समाजका अध्यक्ष भुमि लिम्बु र समाजका सचिव गोपाल श्रेष्ठको उपस्थिति थियो।कार्यक्रमको सन्चालन नबिना मग्रातिले गरिन।

00000000 11 22 77 99

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic