रास्वपाको धरानमा वडा कमिटी विस्तार जारी धरान १६ मा गुरुङको अध्यक्षतामा कमिटी गठन

  • जेठ १३, २०८०
  • ४,४२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० जेठः राष्ट्रिय स्वतन्त्र पार्टीले धरानका आफ्नो वडा किमिटी विस्तार गर्ने कार्यलाई तिव्रता दिन थालेको छ ।करीव एकहप्ता अघि मात्र नगर समिति गठन भएको सो पार्टीले शुक्रवार धरानको १६ नं वडामा कमिटी गठन गरेको हो ।

शुक्रवार भएको भेलाले सत्य गुरुङको सभापतित्वमा ११ सदस्यीय समिति गठन भएको धरान नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् ।

सो समितिको उपसभापति र सचिवमा किरण वस्नेत र कृष्ण श्रेष्ठ रहेकाछन् ।

त्यसैगरी सदस्यहरुमा सरिता गुरुङ,सरोज श्रेष्ठ, झलकलाल श्रेष्ठ,अनिल राई,सरिता श्रेष्ठ,भोला गूुुरुङ,कर्ण सुनुवार,विमला गुरुङ, रहेकाछन् ।

भेलाले नगर समितिको प्रतिनिधिका लागि इन्द्रबहादुर कार्की र रामप्रसाद राई चयन गरेको छ ।

त्यसैगरी गणेश घले गुरुङलाई सल्लाहकारमा चयन गरेको नगर अध्यक्ष राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् ।

अन्य वडामा पनि कमिटी गठन कार्यलाई तिव्रता दिने नगर संयोजक राजेशमान श्रेष्ठले बताएकाछन् ।

नगर संयोजक राजेशमान श्रेष्ठको सभापतित्वमा भएको सो भेलामा पार्टीकी कोशी प्रदेश उपाध्यक्ष सरिन तामाङ रहेकी थिइन ।पार्टीले यस अघि वडा नं ६ मा गठन गरीसकेको छ भने शनिवार धरान १५ मा गठनको तयारी रहेको संयोजक श्रेष्ठको भनाई रहेको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic