कोशी प्रदेश फुटबल संघको अध्यक्षमा किशोर राई निर्वाचित

  • जेठ १५, २०८०
  • २,३५५ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१५ जेठः कोशी प्रदेश फुटबल संघको अध्यक्षमा धरानका किशोर राई निर्वाचित भएका छन्।

आइतवार धरानमा भएको कोशी प्रदेश फुटबल संघको प्रथम अधिवेशनबाट राई निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

अध्यक्ष राई सहित सवै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

समितिको उपाध्यक्षहरुमा खड्क बहादुर श्रेष्ठ, कबिरमान तुम्बापो,मणि कुमार लिम्बु, समिर राई, सफल किरात र शिव न्यौपाने चयन भएका छन्।

त्यसैगरी समितिको सदस्यमा शम्भु प्रधान, मनेश दाहाल, महानन्द भंकराज, रन्जन कार्की,शारदा लिम्बु, रसिन तामाङ, अनुरोध थापा क्षेत्री, हिमाल थापा मगर, प्रेम प्रसाद तामाङ, कुवेर आङदेम्बे लिम्बु, गोकर्ण भट्टराई र लक्ष्मी प्रसाद काफ्ले चयन भएका छन्।

नव निर्वाचित अध्यक्ष राईले छोटो प्रतिक्रिया दिदै फुुटवल खेललाई व्यवसायिक वनाउदै खेल क्षेत्रको विकासमा अहोरात्र लागि पर्ने वताए ।

उनले खेलकुद क्लवहरुसंग सहकार्य र परस्पर एकताको माध्यमबाट फुुटवल खेललाई अघि वढाउने प्रतिवद्धता जनाएकाछन् ।

नेपाली फुटबलको गुमेको साख फर्काउन आफूहरु प्रतिवद्ध रहेको उनको भनाई रहेको छ ।

football football 3 football 2

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic