किरात राई कलाकारको नया कार्यसमिति चयन ६ बुँदे धरान घोषणा–पत्र, जारी

  • जेठ १५, २०८०
  • २,७८४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१५ जेठः किरात राई सांस्कृतिक कलाकार संघको छैठौं सम्मेलनले सर्वसम्मत रुपमा नया कार्यसमिति चयन गरेको छ ।

संघको छैठौं राष्ट्रिय सम्मेलनबाट शालिक सताशक राईको अध्यक्षतामा संघको कार्यसमिति निर्वाचित भएको हो

उपाध्यक्षमा रोशन चाम्लिङ राई, सुशीला राई, र नवीन राईलाई चयन गरिएको छ ।

त्यसैगरी महासचिवमा पदम थुलुङ राई भने सचिवमा मुकेश राई, सुखकला राई, र डिबी राई रहेका छन् ।

त्यैस्तै कोषाध्यक्षमामेनुका राई, सहकोषाध्यक्ष खुसेनिछो चाम्लिङ राई रहेका छन् भने सदस्यहरुमा राज कुुमार राई, अनुका राई र अर्जुनकुमार राई निर्वाचित भएकाछन् ।

सम्मेलनले ६वुदे धरान घोषणा–पत्र सार्वजनिक गरेको छ । ६ बुँदे घोषणा–पत्रमा संघले प्रदेशको पुनः नामाकरणलाई पहिलो मुद्दा बनाएको छ ।

प्रदेश नामाकरणको सन्दर्भमा किरात प्रदेश नामाकरण स्थापित गर्न सांस्कृतिक, राजनीतिक र रचनात्मक आन्दोलन गर्ने भएको छ ।

सोमबार यलम्बर स्मृति संग्रहालयमा पत्रकार सम्मेलन गर्दै संघले घोषणा–पत्र सार्वजनिक गरेको छ । घोषणा–पत्रमा किरात मौलिक गीत, संगीत, जीवन व्यवहार पद्धतिको खोज अध्ययन र अनुसन्धान गरी दस्तावेजीकरण गर्ने उल्लेख छ ।

किरात समुदायसँग सामरिक महत्व राख्ने गढी, कोट, ऐतिहासिक स्थल, संस्कृति, मुन्धुमी संस्कारहरुलाई विभिन्न माध्यमबाट संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन र अध्ययन अनुसन्धान गर्ने घोषणा–पत्रमा उल्लेख छ ।

घोषणा–पत्रमा किराती संस्कृतिलाई आत्मसात् गर्दै संस्कृतिलाई सुदृढीकरण गरी उन्नत संस्कृति निर्माण गर्ने, किराती संस्कृतिको क्षेत्रमा का मगर्ने स्रष्टाहरुको खोज गरी बायोडाटा समेटिएको पुस्तक प्रकाशन गरी प्रोत्साहन गर्दै जाने, किराती संस्कृति, मौलिक बाजा, भेषभूषासम्बन्धित विज्ञबाट विभिन्न जिल्ला कार्यसमितिमा अन्तक्र्रिया, प्रशिक्षण सञ्चालन गर्ने गराउने घोषणा–पत्रमा उल्लेख गरेको नवनिर्वाचित अध्यक्ष शालिक सताशक राईले बताए ।

देश समृद्ध हुनलाई त्यहाँको राजनीति, आर्थिक, सामाजिक साथै विज्ञान र प्रविधिको विकासले मात्र नपुग्ने देश ९विभिन्न जातजाति० भाषा, धर्म कला, संस्कृति र मानव सभ्यताले सुसज्जित हुनुपर्ने प्रेस विज्ञप्तिमा संघले उल्लेख गरको छ ।

किरात राई जातिको भाषा, धर्म, संस्कार–संस्कृति र ऐतिहासिक महत्वका गढीहरुलाई संरक्षण, सम्बद्र्धन गर्ने गरी किरात राई कलाकर्मी तथा संस्कृतिकर्मीलाई एउटै संस्थामा एकताबद्ध गर्ने उद्देश्यले संघ २०६३ सालमा स्थापना भएको अध्यक्ष सताशकले बताए ।

संघले किराती गीत, संगीत, कला, साहित्य, संस्कार–संस्कृति र मुन्धुमजस्ता किरातीपनमा आस्था र विश्वास गर्ने देश विदेशमा रहेका सम्पूण सांस्कृतिक राई कलाकर्मीहरुलाई संघमा गोलबद्ध गराई समग्र समाज, राष्ट्र, समुदाय र देशलाई महत्वपूर्ण योगदान पुर्याउने उद्देश्य राखेको छ ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic