धरानमा महिला राष्ट्रिय कराँते प्रतियोगिता हुने

  • जेठ १९, २०८०
  • २८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ जेठ ः खेलकुदको शहर उपनामले परिचित धरानमा राष्ट्रिय महिला कराँते प्रतियोगिता आयोजना हुने भएको छ ।

सितेरियो कराँते परिवार धरानको आयोजनामा ‘विपि मेमोरियल महिला राष्ट्रिय कराँते प्रतियोगिता’ आयोजना हुने भएको हो ।

आयोजकले धरानमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार जेठ २६ र २७ गते धरान रंगशालाको सेमि कभर्डहलमा हुने भएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार सम्मेलन गर्दै महिला खेलाडीहरुलाई प्रोत्साहन गर्नकालागी प्रतियोगिता आयोजना गर्न लागेको आयोजक समितिका संयोजक कुविरमान राईले जानकारी दिए ।

आयोजकका अनुसार प्रतियोगितामा आयोजक सहित १ नं. प्रदेश, मधेश प्रदेश,गण्डकी प्रदेश,वाग्मति प्रदेश, लुम्विनि प्रदेश सुदुरपश्चिम प्रदेश।, कर्णाली प्रदेश, नेपाल पुलिस क्लव र नेपाल आर्मि क्लव र शसस्त्र प्रहरी बल को टीम सहभागी हुने भएको छ ।

प्रतियोगिता ३५ केजी तौल समुह, त्यस्तै ४०, ४५, ५०, ५५, ६१, ६८, ६८ माथी, एकल काता, समुह काता (३ जना) मा प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टिमलाई नगद ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार पुरस्कार राशि प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १४ लाख ९२ हजार ७ सय रुपैया खर्च हुने आयोजक समितिका संयोजक कुविरमान राईले वताए ।

 

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic