सरोकार समाज नेपाल सुनसरीको आयोजनामा क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता हुने

  • असार १४, २०८०
  • ३,६२२ पटक पढिएको
  • छाल खबर
alt

 छाल खवर
धरान,१४ असारः सरोकार समाज नेपाल सुनसरीको आयोजनामा धरानमा दुइदिने व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।आयोजकले वुधवार पत्रकार महासंघको सभाहलमा प्रत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो ।

आयोजकले दिएको जानकारी अनुसार सुनसरी क्षेत्र नं.१ भरीका तीन वटा नगरपालिकाका २७ वटा वडाको सहभागीता रहनेछ ।

प्रतियोगितामा धरानका २० वटा वडा, वराहक्षेत्रका ५ वटा वडा र रामधनी नगरपालिकाको २ वटा वटाको सहभागीता रहनेछ ।

कोशी प्रदेश खेलकुद विकाश बोर्डको सहयोगमा धरानको अमर सेवा समाजको हलमा आयोजना हुन लागेको सो प्रतियोगितामा सुनसरी व्याडमिन्टन संघको प्राविधिक सहयोग रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।प्रतियोगिताको व्यवस्थापन भने अमर सेवा समाजले गर्ने भएको छ ।असार २१ र २२ गते दुई दिन सञ्चालन हुनेछ ।

प्रतियोगिता संयोजक समाजका अध्यक्ष दुर्गाबहादुर राईले प्रतियोगिता ४ वटा क्याटोगोरीमा हुने जानकारी दिएकाछन् ।
उनका अनुसार मेन्स डबल, लेडीज डबल, भेट्रान प्लस र अन्डर १७ समूहमा हुनेछ ।

प्रतियोगितामा मेन्स डबल विजेतालाई नगद २०, भेट्रान ४५ प्लसबाट विजेता हुने खेलाडीलाई नगद २० हजार रुपैैया, उपविजेतालाई नगद १२ हजार र तेस्रो हुने टिमलाई नगद क्रमस ५÷५ हजार रुपया प्रदान गरिने छ ।

लेडिज डवलतर्फ विजेता हुने खेलाडीले नगद १५ हजार प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो हुने खेलाडीले क्रमस ४ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

अन्डर १७ विजेताले नगद ६ हजार, उपविजेता नगद ३ हजार, तेस्रो हुने टिमले नगद २ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगीतामा राष्ट्रिय खेलाडी वा ए श्रेणीका खेलाडीहरू र मेन्स डबलमा क्षेत्रीय राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीले भाग लिन पाउने छैनन्।

सहभागी हुने खेलाडीहरुले सम्वन्धित वडाहरुबाट खेल्नको लागि सिफारीस भने अनिवार्य ल्याउनु पर्ने आयोजकले जनाएको छ ।यता अन्डर १७ को हकमा भने सुनसरी जिल्ला भरीका जो सुकै खेलाडीले खेलमा सहभागीता जनाउन पाउने छ । वडाको सिफारीस आवस्यक पर्नेछैन ।

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic