भ्रष्ट्राचारले मुलुक जरजर वनेको छ –शिक्षा मन्त्री अशोक राई

  • असार १५, २०८०
  • ४,२९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असार ः शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले मुलुक भ्रष्ट्राचारले जरजर वनेको वताउनु भएको छ ।

शुक्रवार शारदा बालिका नमुना माध्यामिक विद्यालय धरानमा आयोजित अन्र्तक्रिया कार्यक्रममा वोल्दै मन्त्री राईले सो कुरा वताउनु भएको हो ।

मन्त्री राईले मुलुकको अर्थतन्त्र कमजोर रहेको वताउदै जनताले गरेको अपेक्षा अनुसार कुनै क्षेत्रमा वजेट लगानी गर्न नसकिने वताउनु भयो ।

उहाले राजश्व संकलनलाई वढी मात्रामा ध्यान दिदै लगीएको र अर्थतन्त्र सुधार हुदै गएपछि जनताको आवस्यकता पुरा गर्र्दै जाने उल्लेख गर्नुभयो ।

कार्यक्रममा वोल्दै मन्त्री राईले सामुदायिक विद्यालयको स्तर उकास्नको लागि सरकारले विशेष पहल गरीरहेको र नीतिगत रुपमा पनि अघि वढेको वताउनुभयो ।

नीजि विद्यालयमा मात्र पढाउनु पर्छ भन्ने सोचमा परिवर्तन गरेर सामुदायिक विद्यालय शिक्षामा ध्यान दिनुपर्नेमा जोडदिनुभयो ।
विद्यालयका व्यवस्थापन समिति,शिक्षक र कर्मचारीले राखेको जिज्ञासाका विषयमा वोल्दै मन्त्री राईले सीमित साधन स्रोतका वावजुत आफूले विद्यालयलाई सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष दिभा श्रेष्ठले विद्यालयको समग्र विषयमा जानकारी गराउदै सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
वालिका नमुना माध्यामिक विद्यालय वालिका मात्र अध्ययन गर्ने प्रदेश कै एकमात्र विद्यालयको रुपमा रहेको छ । विद्यालयमा कक्षा १ देखि १२ सम्म ६ सय २१ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयको अभिलेखमा उल्लेख गरीएको छ ।

सो कार्यक्रममा १६ नं वडाका वडाध्यक्ष मुरारी भट्टराई, जनता समाजवादी पार्टी धरान नगर समितिका अध्यक्ष ताजुव लिम्वु, नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic