भ्रष्ट्राचारले मुलुक जरजर वनेको छ –शिक्षा मन्त्री अशोक राई

  • असार १५, २०८०
  • ४,३३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असार ः शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले मुलुक भ्रष्ट्राचारले जरजर वनेको वताउनु भएको छ ।

शुक्रवार शारदा बालिका नमुना माध्यामिक विद्यालय धरानमा आयोजित अन्र्तक्रिया कार्यक्रममा वोल्दै मन्त्री राईले सो कुरा वताउनु भएको हो ।

मन्त्री राईले मुलुकको अर्थतन्त्र कमजोर रहेको वताउदै जनताले गरेको अपेक्षा अनुसार कुनै क्षेत्रमा वजेट लगानी गर्न नसकिने वताउनु भयो ।

उहाले राजश्व संकलनलाई वढी मात्रामा ध्यान दिदै लगीएको र अर्थतन्त्र सुधार हुदै गएपछि जनताको आवस्यकता पुरा गर्र्दै जाने उल्लेख गर्नुभयो ।

कार्यक्रममा वोल्दै मन्त्री राईले सामुदायिक विद्यालयको स्तर उकास्नको लागि सरकारले विशेष पहल गरीरहेको र नीतिगत रुपमा पनि अघि वढेको वताउनुभयो ।

नीजि विद्यालयमा मात्र पढाउनु पर्छ भन्ने सोचमा परिवर्तन गरेर सामुदायिक विद्यालय शिक्षामा ध्यान दिनुपर्नेमा जोडदिनुभयो ।
विद्यालयका व्यवस्थापन समिति,शिक्षक र कर्मचारीले राखेको जिज्ञासाका विषयमा वोल्दै मन्त्री राईले सीमित साधन स्रोतका वावजुत आफूले विद्यालयलाई सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष दिभा श्रेष्ठले विद्यालयको समग्र विषयमा जानकारी गराउदै सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
वालिका नमुना माध्यामिक विद्यालय वालिका मात्र अध्ययन गर्ने प्रदेश कै एकमात्र विद्यालयको रुपमा रहेको छ । विद्यालयमा कक्षा १ देखि १२ सम्म ६ सय २१ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयको अभिलेखमा उल्लेख गरीएको छ ।

सो कार्यक्रममा १६ नं वडाका वडाध्यक्ष मुरारी भट्टराई, जनता समाजवादी पार्टी धरान नगर समितिका अध्यक्ष ताजुव लिम्वु, नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic