हाम्रो धरान भेट्रान क्लबको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा अशोक कुुमार राई पुर्न निर्वाचित

  • असार १६, २०८०
  • ३,३२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६
हाम्रो धरान भेट्रान क्लबको प्रथम अधिवेशनबाट अशोक कुमार राई अध्यक्षमा निर्वाचित भएका छन ।

शुक्रबार भेडेटार स्थित सम्सरा रिसोर्टमा सम्पन्न अधिवेशनबाट अशोक कुमार राईको अध्यक्षतामा ११ कार्यसमिती सर्वसम्मत निर्वाचित भएका छन ।

बरिष्ट उपाध्यक्ष राकेश राई ,उपाध्यक्ष राज कुमार राई ,सचिव उमेश जिमि,सह–सचिव राज कुमार मगर ,कोषाध्यक्ष पदम राई सदस्यहरु लक्ष्मी याक्खा, विवस राना मगर ,सन्तोषराई , हेम कुमार गुरूङ, तिर्थराज आले मगर रहेका छन ।

कार्यक्रम धरान उपमहानगरपालिका वडा नं १० का वडाध्यक्ष विवेक राईको प्रमुख आतिथ्यतामा उद्घाटन गर्दे संस्थामा काम गर्दा सधैं गारो हुने भएको र आफु पनि संस्था चलाउने भएकाले धेरै अनुभवहरू रहेको वताए ।

उनले भने संस्था चलाउदा धैर्यता लाई आत्मासाथ गरि एकआपसमा छलफल पर्याप्त गरेर निर्णय निकालेर अगाडि बढे संस्थालाई अप्ठायारो आई नपर्ने वताए ।

वडाध्यक्ष राईले संस्थाले छोटो समयमा फुटबल क्षेत्र लगायत सामाजिक क्षेत्रमा कार्यमा गरेकोले उपलब्धि लाई आत्मासाथ गर्दे सक्रिय रूपमा लाग्न सुझाव दिए साथै नयाँ कार्यसमितीलाई बधाई तथा सम्मान व्यक्त गरे ।

अधिवेशनमा क्लबले गरेको दुईवटा प्रतियोगिता संयोजक रहेका क्लबका उपाध्यक्ष राकेश राई ,हेम कुमार गुरूङलाई प्रमुख अतिथि वडाहध्यक्ष राईले सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष अशोक कुमार राईले गरेका थिए भने स्वागत मतव्य संस्थाका सह सचिव योगेन राईले गरेका थिए ।

दोस्रो धरान भेट्रान कप २०८० र दोस्रो स्वर्गिय सुवास राई स्मृति सुपर ८ लिग नकआउट वडा स्तरीय फुटवल प्रतियोगिता २०८० सम्पन्न गरेको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic