विष्णुका विद्यार्थीहरुलाई दुना–टपरी बनाउने तालिम

  • असार १६, २०८०
  • १,७६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असार ःविष्णु मेमोरियल स्कुल धरान–९ का विद्यार्थीहरुले दुना टपरी बनाउने तालिम लिएकाछन् ।स्कुलमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले दुई दिने तालिम लिएका हुन ।

आधुनिक युगमा लोप हुँदै गएको परम्परागत सीप तथा सांस्कृतिक महत्व बोकेको दुना–टपरीको महत्व बुझाउदै उक्त तालिमको आयोजना गरीएको स्कुलका प्रिन्सिपल निलम श्रेष्ठले वताउनु भयो ।

प्रिन्सिपल श्रेष्ठका अनुसार तालिममा ५० भन्दा बढी इच्छुक छात्र–छात्राहरूले सहभागीता जनाएका थिए ।

तालिमले परम्परागत सीपको विकास तथा सम्वद्धनमा समेत टेवा पुग्ने स्कुलको विश्वास रहेको छ ।

उक्त कार्यक्रम विष्णु मेमोरियल युवा रेडक्रस सर्कलको आयोजनामा सम्पन्न तालिम शुक्रवार र शनिवार गरी दुइदिन भएको थियो । तालिममा विद्यालयका शिक्षिकाहरू ज्योत्सना लिम्बु, जुनी थापामगर र मन्जु सुबेदी प्रशिक्षक रहनु भएको थियो भन आमन्त्रित प्रमुख प्रशिक्षकको रुपमा उषा कुमारी गुरागाईं रहनु भएको थियो।

समापनमा वोल्दै अभिभावक भेषराज घिमिरेले विद्यालयले सीपमुलक तालिम आयोजना गरेर विद्यार्थीहरूलाई सहभागी गराई जीवनोपयोगी शिक्षा तथा सीप सबैको लागि आवश्यक छ भन्ने सन्देश दिन सफल वनेको वताउनु भयो ।

विष्णु मेमोरीयल स्कुलले विभिन्न समयमा अतिरिक्त कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic