विष्णुका विद्यार्थीहरुलाई दुना–टपरी बनाउने तालिम

  • असार १६, २०८०
  • १,८०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असार ःविष्णु मेमोरियल स्कुल धरान–९ का विद्यार्थीहरुले दुना टपरी बनाउने तालिम लिएकाछन् ।स्कुलमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले दुई दिने तालिम लिएका हुन ।

आधुनिक युगमा लोप हुँदै गएको परम्परागत सीप तथा सांस्कृतिक महत्व बोकेको दुना–टपरीको महत्व बुझाउदै उक्त तालिमको आयोजना गरीएको स्कुलका प्रिन्सिपल निलम श्रेष्ठले वताउनु भयो ।

प्रिन्सिपल श्रेष्ठका अनुसार तालिममा ५० भन्दा बढी इच्छुक छात्र–छात्राहरूले सहभागीता जनाएका थिए ।

तालिमले परम्परागत सीपको विकास तथा सम्वद्धनमा समेत टेवा पुग्ने स्कुलको विश्वास रहेको छ ।

उक्त कार्यक्रम विष्णु मेमोरियल युवा रेडक्रस सर्कलको आयोजनामा सम्पन्न तालिम शुक्रवार र शनिवार गरी दुइदिन भएको थियो । तालिममा विद्यालयका शिक्षिकाहरू ज्योत्सना लिम्बु, जुनी थापामगर र मन्जु सुबेदी प्रशिक्षक रहनु भएको थियो भन आमन्त्रित प्रमुख प्रशिक्षकको रुपमा उषा कुमारी गुरागाईं रहनु भएको थियो।

समापनमा वोल्दै अभिभावक भेषराज घिमिरेले विद्यालयले सीपमुलक तालिम आयोजना गरेर विद्यार्थीहरूलाई सहभागी गराई जीवनोपयोगी शिक्षा तथा सीप सबैको लागि आवश्यक छ भन्ने सन्देश दिन सफल वनेको वताउनु भयो ।

विष्णु मेमोरीयल स्कुलले विभिन्न समयमा अतिरिक्त कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic