एसईइ स्पिकर सिजन ३ को उपाधि भरौलकी एन्जिला कार्कीको हातमा

  • असार १६, २०८०
  • ३,१३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असार ः एसईई स्पिकर सिजन ३ को उपाधी बराहक्षेत्र स्थित भरौल बाल मन्दिर नडाहा की एन्जिला कार्कीले हात पार्न सफल वनेकीछिन् ।

उनले आफ्ना अन्तिम चरणका टप दशमा परेका प्रतिस्पर्धीलाई पछि पार्र्र्दै उनी उपाधी हात पर्न सफल वनेकी हुन ।
उनले नगद २० हजार रुपैया साथै प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृत्ति प्राप्त गरेको छिन ।

त्यसैगरी प्रतियोगितामा फष्ट रनर अपको उपाधी शारदा बालिका स्कुल धरानकी अनुशा राईले हात पर्दै नगद १५ हजार रुपैया,सहित प्लस टु अध्ययनका लागि ७० प्रतिशत छात्रवृत्ति प्राप्त गरेको छिन भने सेकेण्ड रनर अपको उपाधी सरस्वति माबि पानमारीका स्नेहा निरौलाले हात पार्दै नगद १० हजार रुपैया सहित प्लस टु अध्ययनका लागि ६० प्रतिशत छात्रवृत्ति प्राप्त गरेको छिन ।

थर्ड रनर अप (सान्त्वना स्थान) को उपाधी चन्द्र संस्कृत मा.बि. धरानका सागर दाहालले हात पर्दै नगद ५ हजार रुपैया सहित प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेको प्रा.लि. का अध्यक्ष तिर्थ कार्कीले बताउनु भयो । ।
याडिकल लाईट नेपाल प्रा.लि.धरानको आयोजनामा भएको सो प्रतियोगिता हुदै्र आएको छ ।

सब टाईटलतर्फ बेस्ट परफरमेन्स जनता मा।बि। नडाहाकी अनिता कार्की, बेस्ट टेयालेन्ट धरान आदर्श बोर्डिङ मा।बि।का सुदर्शन ढुङ्गेल,मस्ट सिन्सियर सरस्वति मा।बि।कि बिपना मग्राति,मस्ट पङ्चुअल ज।डे।ज। मा।बि। कालाबन्जारकी मुना कटुवाल,मस्ट एक्टिभ सरस्वति मा।बि। का दिनेश खरेल,मस्ट डिसिप्लिन नबोदय बिद्या मन्दिर बोर्डिङ धरानकी सोप्रीया राईले हात पारेको छिन ।

सब टाईटल बिजेताहरुले प्रमाण पत्र सहित प्लस टु अध्ययनका लागि ३० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन।

फाईनल प्रतियोगिता धरान(१३ वडा कार्यालय स्थित ज्येष्ठ नागरिक तथा वडा बाल सन्जालको भवनमा सम्पन्न भएको थियो।

कार्यक्रममा शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्री अशोक राईको प्रमुख आतिथ्यतामा भएको थियो ।

ashok rai

मन्त्री राईले प्रतियोगीहरुलाई लक्षित गर्दै प्रगतिको मापन एउटा मापदण्डमा मात्र नहुने बताउनु भयो ।

उहाले शिक्षा ग्रहण गर्न प्रत्येक क्रियाकलापहरुबाट मापन गर्ने भन्दै ूमानव बिकासको सुचाङ्क सयौं मापदण्डबाट मापनू हुने भएकाले यस्ता विभिन्न खाले तालिम गोष्ठी र प्रतियोगिता जिवनमा सदुपयोग गरियो भने मानव बिकासको स्वपानमा एक खुड्किला अगाडी जान प्रतियोगिहरुमात्र नभएर मुलुकले नै फड्को मार्ने मन्त्री राईले बताउनु भयो ।

प्रतियोगिताहरुलाई बधाई दिदै बिजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममा धरान–१३ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले,धरान १४का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले सहभागिहरुलाई उत्साह प्रदान गर्दै ूसामाजिक संजालको प्रयोगले बिद्यार्थीमा पर्ने प्रभावूर सामाजिक सञ्जालको सहि उपयोगिताले जिबनमा पर्ने प्रभावले अझ अगाडि बढ्न उत्प्रेणा मिल्ने बताउनु भयो ।

final 2

प्रतियोगिता एस।ई।ई।दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उनीहरुको ब्यक्तित्व र नेतृत्व बिकास गर्न प्लेट फर्म प्रदान गर्ने उदेश्यले आयोजना भएको प्रा।लि। का अध्यक्ष कार्कीले बताउनु भयो ।

प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखि क्याम्पसका उप(प्राध्यापक राजेस बिद्रोही र सहिद स्मृति मा।बि। का अङ्ग्रेजी शिक्षक टङ्क प्रसाद भट्टराई रहनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता प्रा।लि। का अध्यक्ष तिर्थ कार्कीकोले गरेको थिइन भने सञ्चालन नबिना मग्रातीले गरेको थिईन ।

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic