डी पी विलिभर्स स्कुलमा एक दिने रोबोटिक्स कार्यशाला

  • असार १८, २०८०
  • २,१४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८असारः डीपी विलिभर्स इङ्लीस स्कुल धरान–५, ले एक दिने रोबोटिक्स कार्यशाला सम्पन्न गरेको छ ।

स्कुलले कक्षा ६, ७, ८ र ९ मा अध्ययनरत् विद्यार्थीहरूको लागि एक दिने रोबोटिक्स कार्यशाला आयोजना गरेको हो ।

स्कुलका प्रधानाध्यापक संजीब बान्तवाले वर्तमान युगमा हरेक क्षेत्रमा विज्ञान, कम्प्युटर र सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहेकोले यस क्षेत्रमा सधै अपडेट हुदै समय अनुसार अगाडि बढ्दै जानुपर्ने बताउनुभयो।

विद्यार्थीहरूलाई प्रशिक्षक बिबेक न्यौपानेले रोबोटिक्सको सिद्धान्त र प्रतिक पौडेलले रोबोटिक्सबारे व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो।

belibars= 3

कार्यशालामा रोबोटिक्सबारे आधारभूत अवधारणाहरु , रिमोट नियन्त्रण कार, रोबोटका प्रकार, मानवीय रोबोटको प्रयोग र रोबोटिक्सको भविस्य बारेमा चर्चा गरिएको थियो। विद्यार्थीहरूले रिमोट नियन्त्रण कार निर्माण गर्ने तरिका बारे पनि सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रधान गरिएको थियो।

आगामी दिनहरुमा विद्यार्थीहरू बीच रोबोटिक्स प्रतियोगिताको आयोजनागरिने स्कुलका सह प्राचार्य कुर्मित बान्तवा (लेप्चा)ले बताउनुभयो। कार्यक्रम शिक्षक वीरेन्द्र लिङदेनले सञ्चालन गर्नुभएको थियो ।

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic