म पनि के कम को अडिसन सम्पन्न

  • असार १८, २०८०
  • २,८२४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१८ असारः युनाईटेड डान्स एकेडेमी धरानद्वारा आयोजित म पनि के कम गायन प्रतियोगिता सिजन २ र स्कुल डान्स आइडल सिजन ७ को अडिसन राउन्डको समापन भएको छ ।

एकेडेमीले धरान ९ स्थित रत्न ईन होटलमा गायन तर्फको सेमिफाइनल राउन्ड र नृत्य तर्फको अडिसन राउन्ड सम्पन्न गरेको हो ।

गाायन तर्फको सेमिफाइनल राउन्डमा १०० जनाबाट २१ जना विद्यार्थी छनौट गर्दै फाइनलमा प्रवेश गरेका छन् । नृत्य तर्फ जुनियरमा ९२ बाट ३५ जना छनौट हुँदै फाइनल प्रवेश गरेका छन् भने सिनियर तर्फ ६० बाट २० जनालाइ सेमिफाइनलमा छनौट गरिएको छ ।

एकेडेमीले आयोजना गरेको धरान नगर स्तरिय गायन र नृत्य प्रतियोगितामा धरानका २५ वटा भन्दा बढी विद्यालय सहभागी भएको थियो ।

एकेडेमीले जुनियर तर्फ नृत्यलाइ आगामी भदौ २९ गते बाल दिवसको अवसरमा फाइनल गर्ने र गायन साथै सिनियर तर्फको नृत्यको समापन असोजमा हुने बताएको छ ।

गायन प्रतियोगितामा विजेता हुनेले नगद २५ हजार , ट्रफी , सम्मान पत्र र निशुल्क म्युजिक गित गाउन पाउने , दोस्रो नगद १५ हजार ट्रफी , तेस्रो नगद १० हजार , ट्रफी र चौथोलाई नगद ५ हजार प्रदान गरिने छ ।

नृत्य जुनियर तर्फ विजेता क्रमशः २५ हजार , १५ हजार , १० हजार , ५ हजार साथै नट्राजको मुर्ति प्रदान गरिने छ । सिनियर तर्फ विजेतालाई क्रमशस् ५० हजार साथै सिल्भर क्राउन र एक म्युजिक भिडियो , २५ हजार , १० हजार ,५ हजार नटराजको मुर्ति प्रमाण–पत्र प्रदान गरिने छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic