सुनसरी निर्वाचन क्षेत्र नं १ वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु

  • असार २१, २०८०
  • १,३४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ असार ः सरोकार समाज नेपाल, सुनसरीको आयोजनामा विहिवारबाट सुनसरी क्षेत्र नं.१ वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

व्याडमिन्टन प्रतियोगितामा क्षेत्रभरीका ५६ टिम सहभागी रहेको कार्यक्रम संयोजक दुर्गा राईले जानकारी दिएकाछन् ।

प्रतिेयोगिताको उद्घाटन सुनसरी जिल्ला क्षेत्र नम्बर १ (ख) का प्रदेश माननिय बिजय राईले गरेका थिए ।
उद्घाटन पश्चात वोल्दै माननीय राईले खेलकुदको माध्यमबाट शारीरिक र मानसीक विकास हुने वताए । खेल मनोरन्जन मात्र मात्र नभएर स्वास्थ्यको लागि पनि अपरीहार्य भएकोे उल्लेख गरेका थिए ।

खेलकुद प्रतियोगिताहरुले खेलाडीहरुलाई खेल क्षेत्रमा आउनको लागि प्रोत्साहन हुने भएकोले प्रतियोगिताहरु आयोजनालाई निरन्तरता दिदै जानुपर्नेमा जोडदिएका थिए ।

नेकपा एमालेका धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङले खेलकुदले मानिसको शारीशरीक र मानसिक दुवै क्षेत्रको विकास गर्ने वताए । उनले स्वास्थ्यका लागि खेलकुद अपरीहार्य भएको उल्लेख गरेका थिए ।

सुनसरी जिल्ला व्याडमिन्टन संघका अध्यक्ष प्रतिक श्रेष्ठले अन्य खेल जस्तै व्याडमिन्टन खेलपनि व्यवसायिक वन्दै गएको वताए ।

सुनसरी जिल्ला व्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको सो प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास वोर्डको सहकार्य रहेको छ ।स्थानीय व्यवस्थापन अमर सेवा समाजको रहेको छ ।

कार्यक्रममा ब्याडमिन्टन संघ केन्द्रीय उपाध्यक्ष चन्द्र शेखर लामा,इलाका प्रहरी कार्यलय धरानको प्रहरी नायव उपरिक्षक नबराज मल्ल, सुनचाँदी ब्याबसायी संघ सुनसरी उपाध्यक्ष राजेश श्रेष्ठ, नेपाली कांग्रेस धरान नगर समिति सभापति श्याम पोख्रेल,नेकपा एमाले धरान नगर कमिटी अध्यक्ष हर्कराज एभेङ,अमर सेवा समाजका अध्यक्ष भूमि राज लिम्वु लगायतको उपस्थिति रहेको थियो ।प्रतियोगिता शुक्रवार सम्पन्न हुनेछ ।

 

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic