छाल खवर
धरान,२२ असार धरानमा जारी सुनसरी क्षेत्र नं. १ निर्वाचन क्षेत्र वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
सरोकार समाज नेपाल सुनसरीले आयोजना गरेको सुनसरी दुइ दिने प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा लेडिज डबलमा धनमाया लिम्बु र ईन्दीरा राईको जोडी विजेता हुन सफल बनेका छन् भने मेन्स डबलतर्फ मोहन तिलिङ र ज्योतीहाङ राई विजेता वन्न सफल वनेकाछन् ।
यता भेट्रान ४५ प्लसमा सुरज लिम्बु र अमित गुरुङको टोली विजेता वन्न सफल वनेको छ ।
शुक्रबार भएको फाइनल खेलमा लेडिज डबलमा बिजेता खेलाडीले नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए भने मेन्स डबल र भेट्रान ४५ प्लसका बिजेता खेलाडीहरुले नगद २० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
धरान–१३ स्थित अमर सेवा समाजको बहुदेश्यीय भवनमा भएको खेल ३ क्याटोगोरीमा प्रतियोगिता सञ्चालन भएको थियो ।
लेडिज डबलमा दोस्रो स्थान हासिल लक्ष्मी तामाङ र मिलन राईले नगद ७ हजार प्राप्त गरेका थिए भने तेस्रो स्थान हासिल गर्ने याङला शेर्पार सम्झना राई तथा योगिता लिम्बु र सुष्टि राईले नगद ४÷४ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
मेन्स डबलमा दोस्रो पुरस्कार टेक चौहान र जीत बहादुर राईले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । तेस्रो स्थान हासिल अनिल राई , प्रदीप राई र लुकेन्द्र राई बिजय राईले नगद ५÷५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
भेट्रान ४५ प्लसमा दोस्रो स्थान गणेश राई र धन बहादुर राईले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए भने तेस्रो स्थान हासिल गर्नेहरु सुरेश नियोहाङ ,लोकमान श्रेष्ठ र राजकुमार राई ,नगेन्द्र राईले नगद ५÷ ५ हजार सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए ।
खेल समापन कार्यक्रममा प्रमुख अतिथी रहेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले सम्पूर्ण बिजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित प्रमाण–पत्र र मेडल हस्तातरण गरेका थिए ।
प्रमुख अतिथी राईले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेकाले शारीरीक स्पमा तन्दुरुस्त र स्वास्थ्य रहनका लागि जुनसुकै माध्यमबाट भएपनि शरीरबाट पसिना निकाल्न खेल अनिवार्य ररहेको बताए ।
देश बिकास गर्नका लागि खेल अनिवार्य भएकाले खेल देश विकासको मेरुदण्ड रहेको बताए ।
असार २१ गते बिहिबार देखि सुरु भएको प्रतियोगितामा सुनसरी निर्वाचन क्षेत्र १ भरीबाट जम्मा ५६ टिम सहभागी रहेका थिए ।
समापन कार्यक्रममा धरान १३ वडाध्यक्ष नेत्र काफले, इलाका प्रहरी कार्यालय धरानको प्रहरी नायव उपरीक्षक नवराज मल्ल,ब्याडमिन्टन सङ्घ केन्द्रीय उपाध्यक्ष चन्द्र शेखर लामा, अमर सेवा समाजका अध्यक्ष भूमिराज लिम्बु, सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष प्रतीक श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य अशोक राई लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic