धरानमा जुवा अड्डा संचालन जुवा अड्डाबाट वडाध्यक्ष र शिक्षक सहित ११ पक्राउ

  • साउन ९, २०८०
  • १,८८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान ९ साउनः धरान लागू औषध र जुवा समेत संचालन हुने गरेको प्रमाणित भएको ।लागू औषधको लागि निकै चर्चामा रहेको धरान यतिवेला जुवा खेलको लागि समेत चर्चामा रहेको छ ।

इलाका प्रहरी कार्यालय धरानले सोमबार राती जुवा खालबाट ११ जनालाइ पक्राउ गरेको छ ।

धरान १० स्थित पुतलीलानमा रहेको सेफ फुड गार्डेन रेष्टुरेन्टबाट जुवा खेली रहेको अबस्थामा ११ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार आमचोक गाउपालिका वडा नं ६ का वडाध्यक्ष बमबहादुर बस्नेत, शिक्षक अशोक राई रहेकाछन् ।राई लक्ष्मी माध्यामिक विद्यालय पाङ्चाका शिक्षक हुन ।

त्यसैगरी पक्राउ पर्नेहरुमा राजेन्द्र श्रेष्ठ, अशिष कुमार राई, विपिन गुरुङ ,भरत थापा,जस बहादुर राई, कुमार राई, सागर राई, कविराज राई, रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । उनिहरुलाइ मंगलवार नै म्याद थप गरीएको जानकारी दिए ।

राजेन्द्र श्रेष्ठ वडा नं–९ का पुर्ब वडाअध्यक्ष बम बहादुर श्रेष्ठका छोरा हुन ।

धरानमा एक दर्जन ठाउमा जुवाको खाल संचालन हुने गरेको स्रोतको दावी रहेको छ ।यद्यपी प्रहरीले अन्य स्थानको भने पहिचान गरेको छैन् ।

स्रोतका अनुसार वडा नं १३ को एक घरमा, वडा नं १५ को एक घरमा र वडा नं. १६ को एक घरमा दैनिक जस्तो जुवाको खाल संचालन हुने गरेको छ । त्याहा धरान वाहिरका खेलाडी समेत आउने गरेको स्रोतको दावी रहेको छ ।त्यस क्षेत्रमा आउने खेलाडीहरु पेसेवार खेलाडीहरु रहेको वुझिएको छ ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic