अण्डर १६ पुरुष साफ च्याम्पियनसिपका लागि कोशी प्रदेशस्तरीय छनौट सुरु

  • साउन १०, २०८०
  • २,५०२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१० साउनः धरानमा अण्डर १६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय छनौट प्रकृया शुरु भएको छ ।

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा बुधवारबाट शुरु भएको हो ।

प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट खेलाडीहरु सहभागी भएका छन् ।

एन्फा प्रदेश अध्यक्ष किशोर राईले प्रदेशभरीबाट करिव ४ सयको हाराहारीमा खेलाडीहरु सहभागिता रहेको वताए ।

कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईका अनुसार धरान तीन दिनसम्म चल्ने छनौट प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीले काठमाण्डौमा हुने राष्ट्रिय छनौट प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने छन् ।

प्रादेशिक छनौटपछि काठमाण्डौमा साउन १६ देखी हुने राष्ट्रिय छनौट प्रतियोगिताबाट यु१६ को राष्ट्रिय टोली घोषणा गरिने कोशी फुटबल सङ्घका महासचिव भगीरथ आलेले जानकारी दिए ।

आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म भुटानमा आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल सेप्टेम्बर ३ तारिखमा बङ्गलादेशसँग खेल्नेछ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic