अण्डर १६ पुरुष साफ च्याम्पियनसिपका लागि कोशी प्रदेशस्तरीय छनौट सुरु

  • साउन १०, २०८०
  • २,५५६ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१० साउनः धरानमा अण्डर १६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय छनौट प्रकृया शुरु भएको छ ।

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा बुधवारबाट शुरु भएको हो ।

प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट खेलाडीहरु सहभागी भएका छन् ।

एन्फा प्रदेश अध्यक्ष किशोर राईले प्रदेशभरीबाट करिव ४ सयको हाराहारीमा खेलाडीहरु सहभागिता रहेको वताए ।

कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईका अनुसार धरान तीन दिनसम्म चल्ने छनौट प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीले काठमाण्डौमा हुने राष्ट्रिय छनौट प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने छन् ।

प्रादेशिक छनौटपछि काठमाण्डौमा साउन १६ देखी हुने राष्ट्रिय छनौट प्रतियोगिताबाट यु१६ को राष्ट्रिय टोली घोषणा गरिने कोशी फुटबल सङ्घका महासचिव भगीरथ आलेले जानकारी दिए ।

आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म भुटानमा आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल सेप्टेम्बर ३ तारिखमा बङ्गलादेशसँग खेल्नेछ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic