ज्यादति गरे प्रतिवाद गर्ने संघर्ष समितिको हर्क साम्पाङलाई चेतावनि

  • साउन ११, २०८०
  • २,४४६ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,११ साउन ः यतिवेला धरान– ४ स्थित छोटी मोरङ क्षेत्रको जग्गामा विवाद तिव्र रुपमा वढन थालेको छ ।

धरान नगरपालिकाका नगर प्रमुख हर्कराज राईले सर्दु जलाधारको जग्गा भन्दै व्यक्तिको नाममा रहेको जग्गामा विरुवा रोपेपछि विवाद शुरु भएको हो

धरान– ४ छोटी मोरङमा दुई साता अघि मेयर साम्पाङले आफ्ना केही समर्थकको साथमा गएर धरान १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीको स्काई एन्भेचर प्रालिको नामबाट सञ्चालन गरेको प्लाराग्लाइडिङ उडान गर्ने स्थानमा वृक्षरोपण गरेपछि विवाद चर्किएको हो ।

सर्दुजलाधार क्षेत्रमा भएको जग्गा भएपनि अदालतको फैशलाको पूर्ण पाठ आइसकेको अवस्थामा शनिवार रोजिना अधिकारी र मथुरा अधिकारीको नाममा रहेको जग्गामा साम्पाङ सहित पुगेको उनको समर्थकहरुले वृक्षारोपण गरेका थिए ।

छोटी मोरङ धरान ४ का पीडित २७२ घर परिवारले विहीबार नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुको नीजि जग्गामा समेत साम्पाङले विरुवा रोप्ने तयारी गरेको जानकारी आएको वताए ।

उनीहरुले अदालतको आदेशको अवज्ञा तथा मानहानी गर्दै जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्ने कामलाई मेयर हर्क साम्पाङले अबिलम्व रोक्नुपर्नेमा जोडदिएकाछन् ।

छोटी मोरङ जग्गा पीडित संघर्ष समिति संयोजक कर्णबिक्रम लिम्बुले अदालतको फैसलालाई शिरोपर राखी व्यक्तिको जग्गामा वृक्षरोपण गर्ने कार्य रोक्न मेयर साम्पाङलाई आग्रह गरे ।

उनले आफूहरुलाई स्थानीय सरकारले न्याय दिन नसकेको बताउदै आफूहरुमाथि भूमाफिया जस्तो गम्मीर शब्द प्रयोग गरेको प्रति आपत्ति प्रकट गरे ।

सर्वोच्च अदालतले समेत एक बर्ष अगाडि अर्गाथ २०७९ माघ २४ गते गते पूर्ण फैसला नहुन्जेल सर्दु जलाधार क्षेत्रभित्र पर्ने जग्गालाई यथास्थितिमा राख्ने आदेश दिइसकेको अवस्थामा स्थानीय सरकार प्रमुख हर्क साम्पाङको नेतृत्वमा नीजि जग्गाा वृक्षारोपण गर्ने कार्यलाई अलिम्ब रोक्न मेयर साम्पाङलाई ध्यानाकर्षण गराएका छन् ।

सो अवसरमा संघर्ष समितिका सदस्य एवम् जग्गा धनी, पर्बत राई ,मदन राई,गीता कार्की लगायतले सर्वोच्च निकाय सर्वोच्च अदालतको आदेश सबैले पालना गर्नुपर्ने र अन्यायमा परेका सर्वसाधारणलाई न्याय दिनुपर्ने बताएका थिए ।
पर्वत राईले नीजि जग्गामाथिको हस्तक्षेप कदापी स्विकार्य नहुने वताउदै शक्तिको उन्माद गरेर अराजक गतिविधि गरे कडा प्रतिवाद गर्ने चेतावनि दिएका थिए ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic