प्रदेश १ मा पुर्न गठवन्धनको सरकार वनाउन काग्रेस माओवादी सहमति सभामुखलाई राजिनामा गराएर भएपनि निकाश निकालिने

  • साउन १३, २०८०
  • १,७२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि विघटित सरकार गठनको लागि गठवन्धन दलहरु पुर्न सकृय वनेकाछन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्र कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर भएपनि सरकार गठनका लागि पुर्न सकृय वनेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका नेताबीच छलफल भएको थियो ।

कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखले राजीनामा दिएपछि मात्र गठवन्धनको लागि वहुमत संख्या पुुग्ने भएपछि सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार गठनको नया विकल्प खोल्न दुुइ दल सहमति नजिक पुुगेका हुन् ।

दुुइ दलहरुवीचमा सभामुखलाई राजीनामा गराउने विषयमा सहमति भएपनि मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा भने निष्कर्ष ननिस्केको स्रोतको भनाई रहेको छ ।

स्रोतको अनुसार कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने कि नयाँ व्यक्ति अघि सार्ने कुरामा सहमति बन्न सकेको छैन ।

मुख्यमन्त्रीभन्दा पनि छलफलमा संख्याको बारेमा कुरा भएको स्रोतको भनाइ छ ।
बैठकमा राप्रपासँग पनि कोशी सरकारको बारेमा छलफल गर्ने कुरा भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उप सभापति पूर्णबहादुुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।

अदालतले गठबन्धनबाट मुख्यमन्त्री बनेका थापालाई पदमुक्त गरेपछि नयाँ सरकार बनाउन आह्वान भएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic