खेलकुद मञ्च अध्यक्षमा किशोर राई

  • साउन १३, २०८०
  • ५,४८३ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,१३ साउनः धरान खेलकुद मञ्चको दोस्रो अधिवेशनले सर्वसम्मत रुपमा किशोर राईको अध्यक्षतामा नया कार्यसमिति चयन गरको छ ।

शनिवार भएको दोस्रो अधिवेशनले राईको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिती चयन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा वडीविल्डीङ विधाबाटबरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश लिम्बु,चार उपाध्यक्षहरुमा सितारियो करातेबाट कुवेरमान गुरुङ ,जुडे बाट रोशनी राई,भलिबलबाट डम्बर लिम्बु,आर्चरीबाट हिमाल लिम्बु रहेका छन् महासचिवमा वडीविल्डीङबाट विक्रम लिम्बु चयन भएकाछन् ।

त्यसैगरी सहमहासचिवमा उसुबाट विकि राई रहेकाछन् ।त्यस्तै सितोरियो करातेबाट कोषाध्यक्ष समुना लिम्बु चयन भएकीछिन् ।

त्यसैगरी सदस्यहरुमा मोहन मगराती,देबेन्द्र खड्का, लोकमान लिम्बु,सुरज कार्की,धर्म तामाङ,बसन्त राई,गिता थापामगर,नविन राई र सुरज घिमिरे ,सन्तोष लोहोरुङ राई, प्रताप तामाङ मोहन पाण्डे सहित कुरास र प्यारागाईडिङबाट समेत सदस्य राखिने गरी २५ सदस्यीय कार्यसमिती गठन भएको अध्यक्ष राईले जानकारी दिएकाछन् ।

नव निर्वाचित अध्यक्ष राईले खेलकुद क्षेत्रको आन्तरीक प्रवद्र्धन,बिकास ,समृद्धी र संरक्षणका लागि मञ्चले प्राथमिकता दिदै अग्रणी भुमिका खल्ने बताए ।

खेलकुद विकासलाई अवरुद्ध गर्ने जुनसुकै राज्यका शक्तिहरुसँग चुनौतीको सामाना गर्दे खेलकुद र खेलाडी बचाउने कार्यमा लाग्ने उनको भनाई थियो ।

उद्घाटन शत्रको अध्यक्षता राजेशमान श्रेष्ठले गरेका थिए ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic