उद्धव थापा मुख्यमन्त्रीमा पुनः नियुक्त

  • साउन १६, २०८०
  • ४,५१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ साउनः सत्ताा गठवन्धनको तर्फबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा पुनः नियुक्त भएका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका रहेका थापा गठवन्धनको तर्फबाट वहुमत पेस गर्दै मुख्यमन्त्री वनेका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन छ । सभामुख बाबुराम गौतमले राजीनामा गरेपछि बहुमत पुगेको थियो ।कोशी प्रदेशमा एमाले ४० तथा राप्रपा ६ संसद रहेकाछन् ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यसअघि सभामुखको हस्ताक्षरसहित सरकार गठन गरेको कारण २२ दिनमै उनलाई सर्वोच्च अदालतले मुख्यमन्त्रीबाट बर्खास्त गराएको थियो ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic