शहिद स्कुलमा कक्षा ११ मा पढने विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा

  • साउन २६, २०८०
  • ११,४४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ साउनः शहिद स्मृति माध्यामिक विद्यालय धरान–८ ले कक्षा ११ मा पढने विद्यार्थीहरुका लागि कम्प्युटर शिक्षा दिने भएको छ ।

स्कुलले शुक्रवार पत्रकार सम्मेलन गरी स्कुलले दिने लागेको कम्प्युटर शिक्षा सम्वन्धि कोर्ष दिन लागेको जानकारी गराएको हो ।

स्कुलका प्रधानाध्यापक रामबहादुर विष्टले कक्षा–११ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई अतिरीक्त समयमा कम्प्युटर कोर्ष समेत गराउन लागेको जानकारी दिएका थिए ।

शहिद स्कुलमा यस वर्षदेखि प्राविधिकधार तर्फको कम्प्युटर इन्जिनियरीङ विषयमा कक्षा ९ देखि कक्षा १२ सम्मको ४ वर्षे प्राविधिकधार कार्यक्रम संचालनमा ल्याएको छ ।

स्कुलमा कक्षा ९ मा इन्जिनियरीङ विषय पढाउनका लागि १ जना कम्प्युटर इन्जिनियर र १ जना सहायक इन्जिनियर नियुक्ति समेत गरीएको छ ।

स्कुलमा कक्षा ११मा वाणिज्य संकायमा पढाई हुने गरेको छ । स्कुलमा पढने विद्यार्थीहरुलाई कम्प्युटर शिक्षाको ज्ञान लिनको लागि वाहिर कुनै प्राइवेट संस्थाहरुमा गएर शिक्षा लिनुपर्नेृ वाध्यता भएकोले स्कुलले सो कोर्ष गराउन लागेको स्कुलका प्रवक्ता राजन बनले जानकारी दिएकाछन् ।

उनले भने –वाहिर प्राइवेट संस्थाहरुले महंगो शुल्क लिएर सीमित समय मात्र दिने गरेकाछन् तर हामीले कम्प्युटर इन्जिनियरहरुबाटै विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा दिनेछौं ।

स्कुलले विद्यार्थीहरुलाई कम्प्युटर कोर्ष गरे वापत छुट्टै प्रमाण–पत्र समेत दिने प्रधानाध्यापक विष्टले जानकारी दिए । कम्प्युटर इन्जिनियरीङ विषय धरानमा पहिलो पटक शहिद स्मृति मा.वि.मा संचालन भएको छ ।

प्रवक्ता बनका अनुसार स्कुलमा विद्यार्थीहरुका लागि कम्प्युटर अभ्यास गर्नको लागि दुइवटा कम्प्युटर ल्याव कोठाको व्यवस्था रहेको छ ।

एउटामा २४ बटा व्राण्डेड कम्प्युटर ल्याव सहितको ल्याव रहेको छ भने अर्कोमा २४ वटा एसएमवल कम्प्युटर ल्याव रहेको बनले जानकारी दिएकाछन् ।

कक्षा ११ मा पढने विद्यार्थीहरुले वाणिज्य संकायको पढाईको अतिरिक्त कम्प्युटर शिक्षाको समेत स्पेशल कोर्ष लिन पाउने सुविधा स्कुलले उपलव्ध गराउन लागेको विद्यालय व्यवस्थापन समितिका सदस्य भोला श्रेष्ठले जानकारी दिए ।

 

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic