चुम्लुङको धरान नगर अध्यक्षमा तीर्थ मादेम्बा निर्वाचित

  • साउन २८, २०८०
  • १४,०९१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२८ साउन ः किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समिति नवौ नगर अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनले अध्यक्षमा तीर्थ मादेम्बाको अध्यक्षतामा नया कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

अध्यक्षका अर्का प्रत्याशी रिता खापुङले उम्मेदवारी फिर्ता लिएपछि मादेम्बा सर्वसम्मत निर्वाचित भएका थिए ।

नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा ललिता नेम्वाङ, सचिवमा बालकृष्ण सिंगक, सहसचिवमा बेलकुमारी लिम्बु, कोषाध्यक्षमा लेखमान आवजुङ निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरूमा सुमित्रा लिम्बु, होमन्त लिम्बु, आहा मचा लिम्बु, भरत लिम्बु, अम्बरबहादुर लाबुङ, पवित्र हुम्पाचोङबाङ छन् ।

त्यसैगरी प्रमीला येङदेन, पञ्चमाया योङहाङ, गौरीकला सुम्बा, भुवन हाङगाम, विन्दु तुम्बाहाङफे, रामकुमारी हुक्पाचोङबाङ, राजेन्द्र लाबुङ, प्रेम मादेन, राजकुमार फागो चोङबाङ, मनकुमार लाबुङ छन् ।

अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिमा ११ पुरुष १० महिला छन् ।

यसअघि धरान–१५ स्थित चुम्लुङमा आयोजित समारोह बिच चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा।कमल तिगेला लिम्बुले अधिवेशनको उद्घाटन गरेका थिए ।

उनले कोशी प्रदेश नामाङ्कन खारेजीको आन्दोलन अहिले पहिचानको मुख्य सङ्घर्ष भएको बताउँदै लिम्बुवान, किरात चुम्लुङको बटम लाइन भएको उल्लेख गरे ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic