सुनाखरीका बिद्यार्थीद्धारा पुनस्थापना गृहमा खाना

  • भदौ १, २०८०
  • २,९७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ भदौंः सुनाखरी एकेडेमी धरान–१२ का बिद्यार्थीहरु पढाईका अतिरिक्त सामाजिक सेवामा समेत सकृय रहेकाछन ।

विद्यार्थीहरुले धरान–१ छाता चोक स्थित पुनस्थापना गृहमा पुगेर असहाय तथा अनाथहरुलाई खाना पकाएर खुवाई सामाजिक सेवामा सकृय रहेका हुन् ।

सुनाखरी बाल क्लब र सुनाखरी स्काउटमा आबद्ध बिद्यार्थीहरुले शुक्रबार सामुहिक रुपमा खाना पकाएर गृहका ३२ जनालाई खाना खुवाएको एकेडेमीका प्रिन्सिपल मिलन राईले बताउनु भयो ।

sunakahari news phjoto= 2

सो कार्यमा धरान वडा नम्बर १२ को समेत सहयोग रहेको प्रिन्सिपल राईले बताउनु भयो ।

बिद्यार्थीहरुलाई सामाजिक कार्यमा सहभाही गराई सामाजिक सेवाको भावनाको बिकास गराउने उद्येस्यले समय समयमा यस्ता कार्यहरु गरिदै आएको प्रिन्सिपल राईको भनाई रहेको छ ।

क्लबका अध्यक्ष प्रतीक खापुङ्ले गृहका संचालक भिम राईलाई स्टेसनरी सामाग्री र जुस हस्तान्तरण गरेका थिए ।

सामुहिक रुपमा सबैजना मिलेर यहाँ आई खाना पकाएर असहायहरुलाई खुवाउन पाउँदा धेरै खुशी लागेको क्लबका अध्यक्ष खापुङले बताए।

पुनस्थापना गृहमै आएर खाना पकाएर खुवाउनुका साथै जुस र स्टेसनरी सामग्री प्रदान गरेकोमा गृहका संचालक राईले स्कुललाई धन्यवाद ज्ञापन गरेका थिए ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic