फिजिकल ट्रेनिङ एशोसिएशन क्षेत्रीय समितीको अध्यक्षमा देवेन्द्र लिम्बु २ महिला सञ्चारकर्मी पुरस्कृत

  • भदौ ४, २०८०
  • ३,५२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ भाद्रः नेपाल फिजिकल ट्रेनिङ एशोसिएशन (एनपिटिए)क्षेत्रीय कार्यसमिती धरानको पाँचौ अधिवेशनबाट देवेन्द्र लिम्वु अध्यक्ष पदमा निर्वाचित भएकाछन् ।

आईतवार सम्पन्न साधारणसभाबाट लिम्बु अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्ष गणेश चौहान,सचिव सन्तोष राई , सह –सचिव संजिव राई ,कोषाध्यक्ष सन्तोष राई ९बसन्त० रहेका छन् त्यसैगरी सदस्यहरुमा सुनिल राई,सुर्या बहादर तामाङ,किसन राई, मदन तामाङ, ईन्द्र इधिङ्गो ,सुरेश पन्धाक,तेज कुमार राई ,पारुहाङ तुम्बाम्फे रहेका छन ।

२ महिला सञ्चारकर्मी सम्मानित

एशोसिएशनको आठौ बार्षिक साधारणसभाको अवसरमा धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका २ जना महिला सञ्चारकर्मीलाई पुरस्कृत गर्दे सम्मान गरेको छ ।

धरानलाई कार्यक्षेत्र बनाएर सञ्चारक्षेत्रमा कार्यरत कपुरी न्युजका सम्बाददाता रश्मी प्रधान र गोरखापत्र दैनिक तथा बिजयपुर एफएमका सम्वाददाता निशा राईद्धय सञ्चारकर्मीलाई नगद १५ हजार सहित सम्मान पत्रले सम्मानित गरेको हो ।

puraskar photo

समाज परिवर्तनको क्षेत्र सामाजिक रुपान्तरण गर्नका लागि कलम चलाए बापत उदयीमान पत्रकारीता पुरस्कार प्रदान गरिएको छ ।

आठौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनमा प्रमुख आतिथ्यता एनपिटिएका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोपाल राईले गर्नु भएको थियो भने अतिथीहरुमा केन्द्रीय सदस्यहरु हिमाल गुरुङ, रविन राई ,कुमार तामाङ,भिम मगरको, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई लगायतको सहभागीता रहेको थियो । साधारण सभामा स्वागत मन्तव्य क्षेत्रीय उपाध्यक्ष देवेन्द्र लिम्बु,सदस्य गणेश चौहानले मन्तव्य राखेका थिए ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले संस्थाले पत्रकारीता क्षेत्रलाई सम्मान गरी सामाजिक क्षेत्रमा कलम चलाउने श्रमजीवी पत्रकारलाई हौसला प्रदान गरेका धन्यवाद दिएका थिए । एनपिटिए क्षेत्रीय कार्यसमिती धरानको पाँचौ अधिवेशनको अध्यक्षता पर्वत राईले गरेका थिए । एनपिटिए धरानको २०६८ सालमा स्थापना भएको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic