प्रदेश प्रथम यशोदा लिम्वुलाई धरान उच्चद्धारा बधाई ज्ञापन

  • भदौ ४, २०८०
  • १,८९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ साउनःधरान उच्चले त्रिभुवन विश्व विद्यालयद्धारा लिइएको विविएस दोस्रो वर्षको परिक्षामा प्रदेश प्रथम हुन सफल छात्रालाई बधाई ज्ञापन गरेको छ ।

उच्चले विरेन्द्र मेमोरीयल कलेज धरानमा अध्ययनरत विविएस परिक्षामा प्रदेश कै उत्कृष्ट नतिजा ल्याउने छात्रा यशोदा लिम्वुलाई आइतवार बधाई ज्ञापन गरेको हो ।

त्रिभुवन विश्व विद्यालयले लिएको वाणिज्य संकायको दोस्रो वर्षको परिक्षामा यशोदा लिम्वुले प्रदेश कै उत्कृष्ट नतिजा ल्याउन सफल वनेको कलेजको दावी रहेको छ ।

dharan cuyuuu= लिम्वुलाई कलेजले आइतवार एक कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरेको थियो ।

विद्यार्थीलाई पढनमा थप हौसला प्रदान गर्दै विद्याथर््ीको मनोवल थप उच्च वनाई आगामी दिनमा अझै राम्रो र उत्कृष्ट नतिजा ल्याउन सफल हुन भन्ने सन्देश दिनको लागि कार्यक्रमको आयोजना गरीएको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाले वताउनु भयो ।

कलेजले दिएको जानकारी अनुसार यशोदा लिम्वुले वाणिज्य संकायको परिक्षामा जम्मा अंक ३७७ अर्थात ७५दशमलव ४ अंक ल्याएकी थिइन ।

धरान उच्चका अध्यक्ष शिवनारायण साहले विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि कलेज समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको वताउनु भयो ।

उहाले प्रदेश कै उत्कृष्ट नतिजा निकाल्न सफल कलेजनमा एक पल्ट आफ्नो नानीहरुलाई ल्याउएर अवलोकन गर्न र कलेजको वातावरणमा वुझ्नको लागि पनि साहले आग्रह गर्नुभएको छ ।

विरेन्द्र मेमोरीयल धरान उच्च अन्तर्गत संचालित कलेज हो ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic