४२ वर्षमा स्कुल फर्किइन पद्मा भन्छिन कक्षा १२ सम्म सहीद स्मृति स्कुलमा नै पढछु

  • भदौ ४, २०८०
  • ५,६५४ पटक पढिएको
  • छाल खबर
alt

भोला श्रेष्ठ
चौविसे गाउपालिका वडा नं ५ कि पूर्व जनप्रतिनिधि पदमा लिम्वु यतिवेला ४२ वर्षको उमेरमा स्कुलमा फर्किएकीछिन् । उनले पढनको लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण प्रस्तुत गरेकीछिन् ।

उनी यतिवेला धरान–८ स्थित सहित स्मृति माध्यामिक विद्यालयमा कक्षा–८ मा अध्ययनरत रहेकीछिन् । उनलाई नत पढेर जागिर नै खानुपर्ने छ । तर उनी आफ्ना कान्छा सन्तानमा भन्दा कम उमेरका विद्यार्थीहरुसंग स्कुलले जीवन विताईरहेकीछिन् ।

पढनको लागि उमेरले फरक पार्दैन पढनको लागि उमेर वाधक हुदैन भन्ने सन्देश उनले दिईरहेकी छिन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा उनी चौविसे गाउपालिका वडा नं.–४ बाट महिला सदस्यमा निर्वाचित भई पश्चात जिल्ला विकास समन्वय समिति धनकुटाको सदस्य वनेर राजनीतिसंगै सामाजिक क्षेत्रमा योगदान गरेकी थिइन ।

आफु सानो छदा पढनको लागि स्कुल पनि टाढा रहेको र पारीवारीक कारणले पनि आफ्नो पढने सपना अधुरो रहेकोले त्यसलाई पुरा गर्नको लागि पढन शुरु गरेको वताईन ।

आफूले कक्षा १२ सम्मको पढाई पुरा गर्ने लक्ष्य र उदेश्यका साथ आफु पढन शुरु गरेको पद्माले वताइन । पढनको लागि घर परिवारले समेत आफुलाई प्रोत्साहन गरीरहेको उनको भनाई रहेकोछ ।

पद्माको जेठी छोरी दातको डाक्टर छिन् ।उनी हाल कुवेतमा कार्यरत छिन् भने कान्छि छोरी युकेमा कार्यरत छिन् भने छोरा काठमाडौमा व्यचलर पढदैछन् । घर परिवारबाट पनि आफूलाई सहयोग मिलेको र श्रीमानले पनि पढ भनेर प्रोत्साहन गर्ने गरेको पद्माको भनाई रहेको छ ।

आफूले पुरानो कोर्ष पढेरको भएपनि यतिवेला नया कोर्ष पढन पाउदा आफूले कस्तो होलो के होला भन्ने जिज्ञासा र उत्सुकताका साथ आफूले पढनेको गरेको उनले वताइन ।

उनी नियमित रुपमा स्कुल पोसाकमा नै स्कुल आउने गरेकीछिन् । पढन छोडेको २६ वर्षपछि पुर्न स्कुलमा पढन शुरुू गरेकीछिन् ।

शान्त वातावरणमा पढाई हुने स्कुलमा रुपमा आफूलाई सहिद स्कुलको वारेमा जानकारी आएकोले स्थलगत रुपमा अध्ययनगर्दा त्यही अनुसारको वातावरण भएकोले सहिद छनौट गरेको पद्माको भनाई रहेकोछ ।

शिक्षक सरहरु र कक्षाका विद्यार्थीै भाई वैनिहरु समेत सहयोगी भएको पाएको उनले वताईन । सम्पति ठूलो विषय नभएको वताउदै शिक्षा प्रमुख विषय रहेछ । म जस्तै थुप्रै पढाई अधुरो रहेका साथीहरुलाई पढन आग्रह गर्दछु ।

पद्माका विषयमा विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले उहाको पढाईले युवा पुस्तालाई हौसला र पुराना पुस्तालाई शिक्षाको महत्वको विषय झल्काएको वताउनु भयो ।
विष्टले पढन छोडेकाहरुलाई पढनको लागि प्रोत्हासन मात्र मिल्ने नभई शिक्षा मानव जीवनको लागि अपरीहार्य कुरा हो जसलाई ग्रहण गर्न उमेर वाधक हुदैन भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो ।

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic