४२ वर्षमा स्कुल फर्किइन पद्मा भन्छिन कक्षा १२ सम्म सहीद स्मृति स्कुलमा नै पढछु

  • भदौ ४, २०८०
  • ५,५८३ पटक पढिएको
  • छाल खबर
alt

भोला श्रेष्ठ
चौविसे गाउपालिका वडा नं ५ कि पूर्व जनप्रतिनिधि पदमा लिम्वु यतिवेला ४२ वर्षको उमेरमा स्कुलमा फर्किएकीछिन् । उनले पढनको लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण प्रस्तुत गरेकीछिन् ।

उनी यतिवेला धरान–८ स्थित सहित स्मृति माध्यामिक विद्यालयमा कक्षा–८ मा अध्ययनरत रहेकीछिन् । उनलाई नत पढेर जागिर नै खानुपर्ने छ । तर उनी आफ्ना कान्छा सन्तानमा भन्दा कम उमेरका विद्यार्थीहरुसंग स्कुलले जीवन विताईरहेकीछिन् ।

पढनको लागि उमेरले फरक पार्दैन पढनको लागि उमेर वाधक हुदैन भन्ने सन्देश उनले दिईरहेकी छिन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा उनी चौविसे गाउपालिका वडा नं.–४ बाट महिला सदस्यमा निर्वाचित भई पश्चात जिल्ला विकास समन्वय समिति धनकुटाको सदस्य वनेर राजनीतिसंगै सामाजिक क्षेत्रमा योगदान गरेकी थिइन ।

आफु सानो छदा पढनको लागि स्कुल पनि टाढा रहेको र पारीवारीक कारणले पनि आफ्नो पढने सपना अधुरो रहेकोले त्यसलाई पुरा गर्नको लागि पढन शुरु गरेको वताईन ।

आफूले कक्षा १२ सम्मको पढाई पुरा गर्ने लक्ष्य र उदेश्यका साथ आफु पढन शुरु गरेको पद्माले वताइन । पढनको लागि घर परिवारले समेत आफुलाई प्रोत्साहन गरीरहेको उनको भनाई रहेकोछ ।

पद्माको जेठी छोरी दातको डाक्टर छिन् ।उनी हाल कुवेतमा कार्यरत छिन् भने कान्छि छोरी युकेमा कार्यरत छिन् भने छोरा काठमाडौमा व्यचलर पढदैछन् । घर परिवारबाट पनि आफूलाई सहयोग मिलेको र श्रीमानले पनि पढ भनेर प्रोत्साहन गर्ने गरेको पद्माको भनाई रहेको छ ।

आफूले पुरानो कोर्ष पढेरको भएपनि यतिवेला नया कोर्ष पढन पाउदा आफूले कस्तो होलो के होला भन्ने जिज्ञासा र उत्सुकताका साथ आफूले पढनेको गरेको उनले वताइन ।

उनी नियमित रुपमा स्कुल पोसाकमा नै स्कुल आउने गरेकीछिन् । पढन छोडेको २६ वर्षपछि पुर्न स्कुलमा पढन शुरुू गरेकीछिन् ।

शान्त वातावरणमा पढाई हुने स्कुलमा रुपमा आफूलाई सहिद स्कुलको वारेमा जानकारी आएकोले स्थलगत रुपमा अध्ययनगर्दा त्यही अनुसारको वातावरण भएकोले सहिद छनौट गरेको पद्माको भनाई रहेकोछ ।

शिक्षक सरहरु र कक्षाका विद्यार्थीै भाई वैनिहरु समेत सहयोगी भएको पाएको उनले वताईन । सम्पति ठूलो विषय नभएको वताउदै शिक्षा प्रमुख विषय रहेछ । म जस्तै थुप्रै पढाई अधुरो रहेका साथीहरुलाई पढन आग्रह गर्दछु ।

पद्माका विषयमा विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले उहाको पढाईले युवा पुस्तालाई हौसला र पुराना पुस्तालाई शिक्षाको महत्वको विषय झल्काएको वताउनु भयो ।
विष्टले पढन छोडेकाहरुलाई पढनको लागि प्रोत्हासन मात्र मिल्ने नभई शिक्षा मानव जीवनको लागि अपरीहार्य कुरा हो जसलाई ग्रहण गर्न उमेर वाधक हुदैन भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो ।

 

 

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic