धरान क्षेत्रभरी जिल्ला प्रशासन कार्यालयद्धारा निषेधाज्ञा जारी आज मध्यरातीदेखि भोली मध्यरातीसम्म

  • भदौ ८, २०८०
  • २,५१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ भदौं ः धरानमा विगत केही दिनदेखि चर्किदै गएको धार्मिक तथा साम्प्रादायिक विवाद अन्तत निषेधाज्ञा जारी हुने अवस्थासम्म पुगेको छ ।

धार्मिक, साम्प्रदायिक विवादले एक पछि अर्को गरेर सद्भाव खलबलिने स्थिति बनेपछि जिल्ला प्रशासन कार्यालयले आज मध्यरातीदेखि लागु हुने गरि निषेधाज्ञा जारी गर्नुपर्ने अवस्थासम्म पुगेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सुचना जारी गरी शुक्रवार राती १२ बजेदेखि शनिबार मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेकी जनाएकीछिन ।

सो समयभित्र धरानमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक कुनै पनि कार्यक्रमहरु नगर्न, नगराउन प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले धरान प्रवेश गर्ने चारैतिरको नाकासमेतलाई समेटेर धरानको सबै वडामा निषेधाज्ञा जारी गरेको हो ।

धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ पर्ने झण्डाचोकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम रामधुनी नगरपालिका ६ नम्बरबाट बराहक्षेत्र नगरपालिका ३ नडाहा चोकबाट धरानतर्फ पनि निषेधाज्ञा जारी गरेको सुचनामा उल्लेख गरीएकोछ ।

यस्तै, इटहरी वडा नं २० पर्ने तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान वडा नं ५ प्रवेश गर्ने पुर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी भएको प्रजिअ पाण्डेद्धारा जारी सुचनामा सुचित गरीएको छ ।

आदेश विपरीत भएमा वा अटेर गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने पनि उल्लेख छ ।

धरानमा हिन्दुवादीहरुले भोली शनिवार गौहत्याको विरुद्ध शक्ति प्रदर्शनको तयारीको घोषणा गरेका थिए भने सास्कृतिक अधिकार समितिले त्यसलाई प्रतिकार गर्ने वताउदै आएका थिए । संभावति दुर्घटनालाई मध्यनजर गरी प्रशासनले निषेधाज्ञा लगाएको हो ।

शुक्रवार धरानमा संयमितता अपनाउन भन्दै सर्वदलीय सर्वजातिय सद्भाव ¥याली समेत निकालिएको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic