प्रशासनको निषेधाज्ञाका कारण धरान सुनसान इटहरीमा हिन्दुुधर्मलम्वीद्धारा प्रदर्शन

  • भदौ ९, २०८०
  • १,२३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ भदौं ःधरानमा सामाजिक एवम् धार्मिक सद्भाव विथोलिने भयले जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेध आदेशको कारण शनिवार धरान सुनसान बनेको छ ।

धार्मिक, सामाजिक सद्भाव बिथोलिन नदिन प्रशासनले निषेध आदेश जारी गरेको दिन सुनसान वनेको हो ।

प्रशासनले सुुरक्षा संवेदनशिलतालाई ध्यान दिदै प्रशासनले राती १२ बजेसम्मको लागि धरानको सबै वडा र धरान आउने प्रमुख नाकाहरुदेखि नै निषेध आदेश जारी छ ।

निषेध आदेशको कारण कोशी राजमार्ग हुदै धरान आउने सवारीसाधनहरु इटहरीमै रोकिएका छन् । प्रशासनले धरानमा सभा, सम्मेलन, कार्यक्रम तथा ठुलो संख्यामा भेला हुन रोक लगाएको छ ।

धरानभित्रबाट पनि ठुला सवारीसाधनहरु चलेका छैनन् । टेम्पो, मोटरसाइकल, स्कुटरलगायत साधनहरु भने निर्वाध चलेका छन् । धरानको चारैतिरका प्रमुख नाकाहरुमा सवारी आवागमनलाई कडाई गरिएको छ । धरानभित्र पनि बाक्लो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

धरानमा निषेधाज्ञा जारी गरेपछि हिन्दुवादीहरुले इटहरीमा प्रदर्शन जारी रहेकाछन् । विभिन्न स्थानबाट आएका हिन्दु धर्मका समर्थकहरुले इटहरीका विभिन्न स्थानमा प्रदर्शन जारी राखेकाछन् ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic