प्रशासनको निषेधाज्ञाका कारण धरान सुनसान इटहरीमा हिन्दुुधर्मलम्वीद्धारा प्रदर्शन

  • भदौ ९, २०८०
  • १,२८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ भदौं ःधरानमा सामाजिक एवम् धार्मिक सद्भाव विथोलिने भयले जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेध आदेशको कारण शनिवार धरान सुनसान बनेको छ ।

धार्मिक, सामाजिक सद्भाव बिथोलिन नदिन प्रशासनले निषेध आदेश जारी गरेको दिन सुनसान वनेको हो ।

प्रशासनले सुुरक्षा संवेदनशिलतालाई ध्यान दिदै प्रशासनले राती १२ बजेसम्मको लागि धरानको सबै वडा र धरान आउने प्रमुख नाकाहरुदेखि नै निषेध आदेश जारी छ ।

निषेध आदेशको कारण कोशी राजमार्ग हुदै धरान आउने सवारीसाधनहरु इटहरीमै रोकिएका छन् । प्रशासनले धरानमा सभा, सम्मेलन, कार्यक्रम तथा ठुलो संख्यामा भेला हुन रोक लगाएको छ ।

धरानभित्रबाट पनि ठुला सवारीसाधनहरु चलेका छैनन् । टेम्पो, मोटरसाइकल, स्कुटरलगायत साधनहरु भने निर्वाध चलेका छन् । धरानको चारैतिरका प्रमुख नाकाहरुमा सवारी आवागमनलाई कडाई गरिएको छ । धरानभित्र पनि बाक्लो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

धरानमा निषेधाज्ञा जारी गरेपछि हिन्दुवादीहरुले इटहरीमा प्रदर्शन जारी रहेकाछन् । विभिन्न स्थानबाट आएका हिन्दु धर्मका समर्थकहरुले इटहरीका विभिन्न स्थानमा प्रदर्शन जारी राखेकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic