नेपालका मौलिक संस्कृतिहरुलाई व्राण्डिङ गर्दै व्यवसायिकरण गर्नुपर्छ–मन्त्री अशोक राई

  • भदौ १४, २०८०
  • ३,९२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ भदौः शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले नेपालका मौलिक संस्कृतिहरुलाई व्राण्डिङ गर्दै व्यवसायिकरण गर्नुपर्ने वताउनु भएको छ ।

धरानमा विहिवार नेवाः देय दवू प्रदेश समितिले आयोजना गरेको क्वाः ति फेष्टिभलको उद्घाटन गर्दै सो कुरा वताउनु भएको छ ।

विभिन्न जातिय मौतिक संस्कार र संस्कृतीका लागि आवस्यक पर्ने मौलिक चिजहरुलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउनको लागि आवस्यकता रहेको उल्लेख गर्नुभएको थियो ।

FINAL PHOTO

उहाले विदेशी मुलुकहरुबाट उत्पादित व्राण्डेड रक्सी भन्दा नेपाल मै उत्पादन भएको कोदोको रम्सी कैयौ गुणा गुणस्तरीय रहेको भएता पनि नेपालीहरुले सौखको रुपमा प्रयोग गर्दा नेपाली पैसा विदेशीएको वताउनुभयो ।

नेपाली उत्पादनलाई नै व्राण्डिङ गरेर विदेश पठाउन सकेको खण्डमा नेपालमा विदेशी पैसा भित्रनुका साथै उत्पादकत्व समेत वृद्धि हुने दावी समेत गर्नुभयो । नेपाली पहिचान भनेको नै आफ्नो मौलिक परम्पार र संस्कार संस्कृति भएकोले त्यसलाई संरक्षण तथा संवद्धनमा सवैले जोड दिएर अघि वढनुपर्ने उहाको भनाई थियो ।

नेवार जाति परिष्कृत र वहुआयामिक जाति भएको वताउदै नेवार जाति र समुदाय मात्र नभएर राष्ट्र भएको समेत उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस सचेतक तथा पूर्व वाणिज्य मन्त्री मिन विश्वकर्माले मानिसले जसले वोल्यो उसैको भाषा धर्म हुने वताउदै जो भाषा संस्कार,परम्परासंग जोडिएको हुन्छ उसकै परम्परा हुनछ । राज्यको कुनैपनि धर्म हुदैन धर्म मानिसको हुने वताउनुभयो ।

सोही कार्यक्रममा वोल्दै उहाले धरान त्रसित नभएको र त्रसित हुन नदिने समेत उल्लेख गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै प्राध्यापक डा टंकप्रसाद न्यौपानेले भागाा धर्म संस्कार संस्कृति कसैको पेवा नहुने वताउदै कुनै पनि जातिको धर्म संस्कार र संस्कृति सवैको साझा पहिचान भएको वताउनु भयो । एक जाति र अर्को जातिवीचको सम्वन्ध भनेको भनै संस्कार संस्कृति भएको वताउनुभयो ।

Udaghatan

कार्यक्रममा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका खाद्य विशेषज्ञ कविन्द्र भट्टराईले क्वाः ति पोषणयुक्त खानेकुरा भएकोले प्रोटिन प्रसस्त मात्रामा पाइने भएको वताउदै औषधिय गुण समेत भएको स्पष्ट पार्नुभयो । यो खानेकुरामा पचाउन सक्ने प्रोटिन तत्व रहेको समेत वचाउनुभयो । नेवारी परिकार खादा शरिरलाई कुनै पनि हानी नोक्सानी नगर्ने वताउनुभयो ।

कार्यक्रममा संघीय सांसद सुशिला श्रेष्ठ, प्रदेश सांसद रमेशकुमार वस्नेत लगायत विभिन्न जाति समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तीर्थ मास्केले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने इन्द्र श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम समेत आयोजना गरीएको थियो ।

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic